Comments Add Comment

कमल थापाले हलो स्वीकारे एकता स्वीकार्छौं : राप्रपा संयुक्त

नेकपाको शासन भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : राणा

३ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी -संयुक्त)ले कमल थापाको राप्रपासँग एकता गर्न सकिने बताएको छ । तर, पार्टी एकताका लागि राप्रपा संयुक्तले चुनाव चिन्ह शर्त राखेको छ ।

आइतबार दाङमा आयोजित पत्रकार सम्मेलना राप्रपा संयुक्त अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भने, ‘हामी हाम्रो मूल्य मान्यतासँग मिल्ने सबैसँग एकता गर्न तयार छौं । हामी राप्रपा सँगको एकता स्वीकार गर्छौं यदि कमल थापाले हलो स्वीकार गर्छन् भने ।’

पत्रकार सम्मेलनमा अर्का अध्यक्ष पशुपति शम्शेर जबराले भने पार्टी एकताका बारेमा बोलेनन् । राणाले सरकारको आलोचना मात्रै गरे । नेकपाको शासनकालमा देश चुर्लम्म भ्रष्टाचारमा डुबेको उनको आरोप छ ।

‘वाइड बडी, बुढी गण्डकी र मेलम्ची प्रकरणहरुले सरकार भ्रष्टाचारमा डुबेको प्रमाणित गर्दछ । सरकार भ्रष्टाचारबाट डुङडुङ गनाएको छ । पछिल्लो अवस्था हेर्दा, सरकारले केन्द्रको भ्रष्टाचार गाउँगाउँ पुर्‍याएको छ,’ अध्यक्ष राणाले भने ।

यस्तै, सिके राउतसँग भएको सहमति प्रष्ट नभएको भन्दै अध्यक्ष राणाले प्रष्ट पार्नुपर्ने बताएका छन् । ‘सहमति गरेको भोलिपल्ट राउतले मधेस नेपालमा कहिले समावेश नभएको, सधैं अलग रहेका बताए । सरकारले यसबारे मौनता साँधेको छ, सरकारले धारणा प्रष्ट गर्नुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment