Comments Add Comment

अनलाइन फारम हुँदा पनि कोरिया जानेको लाइन किन लाग्यो ?

८ चैत, काठमाडौं । शुक्रबार लैनचौरका विपिन थापाले कोरियन भाषा परीक्षाका लागि घरबाटै आवेदन फारम अनलाइनमै भरे । तर, उनले कतै लाइन बस्नु परेन, उनले मोबाइलबाटै ई-सेवामार्फत २४ डलर बराबरको सेवा शुल्क तिरेर विना सास्ती फारम भरे । तर, उनीजस्तै फारम भर्ने केही युवा भने बैंकमा सेवा शुल्क तिर्न भन्दै गएको रातिदेखि नै लाइनमा बसे ।

कतिले त लाइनमै रात कटाए । विहान बैंकको काउन्टर खुल्ना साथै फारम भर्ने अपेक्षासहित लाइनमा बसेकाहरुलाई ईसेवा र आईएमई पे लगायतकाट घरमै बसी-बसी शुल्क तिर्न पाइन्छ भन्ने कुराको जानकारी थिएन । तर, उनीहरु लाइनमा बसेको बैंकको काउन्टर १० बजे खुल्दा उता पेमेन्ट सेवा प्रदायकबाट शुल्क तिरेर १५ हजार बढीले फारम भरिसकेको थिए ।

ईपीएस कोरिया शाखाका निर्देशक कृष्ण खनाल परीक्षार्थीले अनलाइन फारम र सेवा शुल्क तिर्नेबारे नबुझ्दा यस्तो अवस्था आएको बताउँछन् । ‘हामीले बैंकबाट सासती हुन्छ भनेर आईएमई-पे, ई-सेवा लगायतबाट पनि शुल्क तिर्न सक्ने बनाएका हौं,’ उनले भने,’लाइन हटाउन प्रयास गरेका थियौं । तर, युवाले नबुझ्दा समस्या भयो ।’

सबैभन्दा पहिलो फारम भर्दा छिट्टै विदेश जान पाइन्छ भन्ने भ्रमले पनि यस्तो अवस्था आएको कतिपयको बुझाइ छ । तर, ईपीएस कोरिया शाखाले उत्तीर्ण भएका परीक्षार्थीले फारम भरेका आधारमा सूची कोरिया पठाउने नगरेको स्पष्ट गरेको छ ।

‘पहिलो फारम भरेर पहिले कोरिया जान पाइन्छ भन्ने गलत हो,’ खनालले भने,’यस्ता गलत बुझाइले पनि युवा लाइनमा आएका छन् । यो भ्रममा कोही नपर्दा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment