Comments Add Comment

आफ्नै छोराछोरीका लागि किन पोर्न फिल्म बनाए यी आमाहरुले ?

बेलायतमा महिलाहरुले आफ्नै सन्तानका लागि पोर्न फिल्म बनाएका छन् । पाँचजना बेलायती महिलाहरुको एक समूहले सेक्स तथा यौन गतिविधिहरु सम्बन्धमा बालबालिका तथा किशोरकिशोरीहरुमा सकारात्मक दृष्टिकोण तयार गर्नका लागि आमाहरुले आफ्नै पोर्न फिल्म तयार गरेका हुन् ।

च्यानल ४ टेलिभिजनमा नयाँ ब्रिटिश शो ‘मम्स मेक पोर्न’ को प्रसारण सुरु भएको छ । यद्यपि उनीहरु पोर्न भिडियोमा आफै देखिएका छैनन् । उनीहरुले पोर्न फिल्म तयार गर्न पोर्न फिल्मको निर्देशन तथा उत्पादनलगायतमा सहयोग गरेका छन् ।

यो शो तीन भागमा देखाइनेछ । यसमा उनीहरुको पोर्न उद्योगतर्फको यात्रा अनुभवसमेत समावेश हुनेछ । ती मध्ये एक महिलाले पोर्न फिल्म उत्पादनमा काम गर्दा कुनै समय आफू इन्टरनेट पोर्नबाट निकै दिक्क भएर झण्डै काम छाडिसकेको बताएकी छिन् ।

एक महिलाले चाहीँ इन्टरनेटमा निकै हिंश्रक यौनजन्य कार्यहरु देख्दा आँसु नै चुहाएकी छिन् । र अन्तिममा ती महिलाले आफूले तयार पारेका पोर्न भिडियो आफ्ना छोराछोरीलाई देखाएका छन् । यसले यौन शिक्षालाई सकारात्मक रुपबाट देखाउनका लागि सहयोग गर्ने विश्वास गरिएको छ ।

बेलायतमा कूल इन्टरनेट ट्राफिकको एक तिहाई पोर्न साइट हेर्नेहरुको रहेको छ । गोप्य रुपमा पोर्न सामाग्रीहरु नहिच्किचाइकन मानिसहरुले हेर्दछन् । सिमेन्टेकले गरेको एक अध्ययन अनुसार यदि सित्तैमा इन्टरनेट प्राप्त भएमा भारतीयहरु सबैभन्दा धेरै पोर्न साइटहरु हेर्न रुचाउँछन् । होटलको वाइफाइमा ४९ प्रतिशत भारतीयहरु पोर्न हेर्दछन् । जबकी बाँकी विश्वका अन्य मानिसहरुको होटलको वाइफाइमा पोर्न हेर्ने औषत प्रतिशत ४० छ ।

विभिन्न अध्ययनहरुले अत्यधिक पोर्न फिल्महरु हेर्नु स्वास्थ्यका लागि हानिकारक हुने देखाएका छन् । खासगरी बालिबालिका र किशोर किशोरीका लागि । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment