Comments Add Comment

एडीबीको शर्तका कारण कञ्चनपुर–कमला सडक विदेशीलाई

Photo Credit : लेखा समिति बैठकको फाइल तस्वीर

११ चैत, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)को शर्तका कारण कञ्चनपुर–कमला सडक निर्माण परियोजनाको काम नेपाली निर्माण कम्पनीलाई दिन नसकिएको सरकारले स्पष्ट पारेको छ ।

सार्वजनिक लेखा समितिमा उपस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले एडीबीको ऋण सहयोगमा निर्माण गर्न लागिएको परियोजनाको काम एडीबीकै शर्त अनुसार मात्र अगाडि बढाइने बताए ।

सरकारले परियोजनाको काम नेपाली निर्माण व्यवसायीलाई दिन नचाहेको भन्ने आरोपको उनले खण्डन गरे । कमिसन लिएर परियोजनाको काम विदेशी कम्पनीलाई दिएको आरोप प्रमाणित गर्न समेत उनले चुनौती दिएका छन् ।

निर्माण व्यवसायीहरुले कञ्चनपुर–कमला सडकको काम आफूहरुलाई नदिएको गुनासो गरेपछि लेखा समितिलेसम्बन्धित निकायसँग छलफल सुरु गरेको थियो ।

७ किलोमिटर लामो सडक परियोजना नेपाली निर्माण व्यवसायीहरुलाई नदिएको भन्दै समितिका सदस्यहरुले सरकारको चर्को आलोचना गरेका थिए । कांग्रेस सांसद राजेन्द्रकुमार केसीले सरकारले नेपाली निर्माण व्यवसायीहरुलाई विकास, निर्माणका काममा प्राथमिकता नदिएको भन्दै आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment