Comments Add Comment

जेरार्ड पिकेले क्याटलोनियाका लागि खेले

काठमाडौं । जेरार्ड पिकेले स्पेनका लागि विश्वकप खेलेर सन्यास लिए तर, अझै अन्तराष्ट्रिय फुटबल खेलिरहेका छन् ।

बार्सिलोनाका डिफेण्डर पिकेले भेनेजुएलाविरुद्ध क्याटलोनियाबाट मैत्रीपूर्ण फुटबल खेलेका हुन् । क्याटलोनियालाई फिफा र यूईएफएले मान्यता दिएको छैन । त्यसैले यो खेलले आधिकारिक मान्यता पाउँदैन् । तर, उनले गिरोनामा सयौं दर्शकका अगाडि खेले ।

क्याटलोनियाका लागि पिकेको यो दशौं खेल हो । स्पेनबाट सन्यास लिएपछि भने पहिलो खेल हो ।

यो खेल क्याटलोनियाले २–१ ले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment