Comments Add Comment

पहिलो पटक शुक्रबार जुगल हिमालको आरोहण हुँदै

१४ चैत, सिन्धुपाल्चोक । भर्जिन हिमालको रुपमा चिनिएको जुगल हिमालमा लपहिलो पटक शुक्रबारदेखि आरोहण सुरु हुने भएको छ । प्रदेश ३ सरकार र जुगल गाउँपालिकाको आयोजनामा जुगल हिमालको औपचारिक आरोहण हुन सुरु गर्न लागिएको हो ।

जुगल हिमश्रृङखलाअन्र्तगत ११ वटा हिमालका पिक मध्ये यो पटक ग्याल्चेन पीक हिमालको आरोहण हुन लागेको सिन्धु पर्यटन परिषद्का अध्यक्ष मिलन तामाङले जानकारी दिए ।

प्रथम समावेशी महिला आरोहणकी सदस्य माया गुरुङको नेतृत्वमा जुगल हिमालको आरोहण हुन लागेको हो ।

आरोहण टोलीमा सिन्धुपाल्चोकका पूर्वसासंद सुवास कर्माचार्य, नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, सिन्धु पर्यटन परिषदका अध्यक्ष मिलन तामाङ र पर्वतारोही शर्मिला थापाले जुगल हिमालको आरोहण गर्ने छन् ।

विश्वको सर्वाेच्च शिखर सगरमाथाको आरोहण गरिसकेकी माया गुरुङ जुगल हिमाल आरोहणको टिम लिडर रहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए ।

जुगल हिमश्रृङखला अन्र्तगतको ग्लाल्चेन पिक सबैभन्दा उचाइको पीक हो । यसको उचाइ ६ हजार १५१ मिटर रहेको छ ।

२८ डिग्री ११ मिनेट अक्षांश र ८५ डिग्री १७ सेकेण्ड देशान्तरमा रहेको जुगल हिमाल जुगल गाउँपालिका ३ गुम्बामा रहेको छ ।

चैत १५ देखि सुरु हुने प्रथम आरोहण १२ देखि २२ दिनसम्म लाग्न सक्ने टिम लिडर माया गुरुङले जानकारी दिइन । पहिलो पटक भएकाले बाटो बनाउँदै जानु पर्ने भएकाले समय अलि धेरै लाग्न सक्छ गुरुङले भनिन् ।

सिन्धुपाल्चोकलाई पर्यटकीय हिसाबले चिनाउनका लागि जसगल गाउँपालिकाले यो आरोहणलाई महत्वका साथ लिएको गाउँपालिकाका अध्यक्ष होमनरायण श्रेष्ठले जानकारी दिए ।

आरोहीहरु गुम्बा- तेम्बाथाङ-छेन्दाङ-नेपेमासाल-बुम्बाशेर्पु-आधारक्षेत्र, हाइक्याम्प हुँदै समिट (शिखर) सम्म पुग्नेछन्’, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले भने, ‘हिमाललाई जनताको जीवनसँग जोड्ने हाम्रो संकल्प अब पूरा हुँदैछ ।’

जुगल गाउँपालिकासँगै सिन्धुपाल्चोकको समग्र पर्यटकीय विकासका लागि जुगल हिमाल आरोहणको कार्यक्रम तय गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार हिमाल आरोहणका लागि सम्भाव्यता अध्ययन, रुट पहिचान तथा निर्धारण लगायतका कार्य यसअघि नै सम्पन्न भएको छ ।

राजधानी काठमाडौबाट १४५ किलोमिटर -सडक तथा पैदल) दूरीमा रहेको जुगल हिमश्रृंखला हाल सम्म औपचारिक रुपमा मानव पाइला नपरेको ‘भर्जिन’ हिमाल हो ।

३५ सय मिटरको उचाइमा रहेको नेपेमाशालको मनोरम दृश्य यस क्षेत्रको महत्वपूर्ण पर्यटकीय गन्तव्यको आधार हुन सक्छ ।

उच्च भूभागमा रहेको फराकिलो मैदान, नजिकै कलकल बगिरहेको ब्रहायणी नदी, हरियाली जंगल, जंगलमार्गमा तोङश्युक -हजार जना अट्ने) गुफा र त्यसैको आडमा रहेको जुगल हिमश्रृंखलाको सुन्दरतम दृष्यको संयोजन आफैमा एक अद्भुत क्यानभास हो ।

बौद्ध धर्मालम्बीहरुको आस्था विश्वासका दृष्टिले पनि यस क्षेत्रको विषेश महत्व रहेको छ । बौद्ध धर्मका गुरु पद्यमसम्भाले ध्यान गरेको तथा भविष्यमा हुन सक्ने विभिन्न परिघटनाका भविष्यवाणीको लिखतहरु यस क्षेत्रमा सुरक्षित रुपमा राखिएको किंवदन्ती पनि रहेको छ ।

बौद्ध धर्मका अलावा अन्य धर्मावलम्बीहरुले पनि यस क्षेत्रलाई विशेष आस्था र श्रद्धाका साथ महत्व दिएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment