Comments Add Comment

अमेरिकाले सीता दाहाललाई कस्तो बनाएर पठायो ?

प्रचण्डले भने : प्रारम्भिक लक्षण राम्रो छ

१४ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचार गराएर अमेरिकाबाट स्वदेश फर्किएका छन् । काठमाडौं आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकामा गरिएको उपचारबाट पत्नी सीताको स्वास्थ्यमा केही सुधार देखिन थालेको जानकारी दिए ।

सीता दाहाल पार्किन्सनजस्तो देखिने एक जटिल रोगबाट पीडित छिन् । यसलाई प्रोगेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । अमेरिकामा पीएसपी उपचारको नयाँ प्रविधि र वैज्ञानिक अनुसन्धान भइरहेको अस्पतालमै सीतालाई उपचारका लागि लगिएको हो ।

प्रचण्डका अनुसार अमेरिकाको जोन हकिंग्स, जर्जटाउन र बर्बिघंम अस्पतालमा सीताको स्वास्थ्य जाँच गराइएको थियो । यसअघि उनको उपचार सिंगापुरमा गरिएको थियो । अमेरिकामा डाक्टर र पीएसपीबारे अनुसन्धान गरिरहेका वैज्ञानिकहरुले पहिले सिंगापुरमा गरेकै उपचार सही भएको जानकारी दिँदै तीन महिनाका लागि शरीरमा लगाउने दुई थरी नयाँ मल्हम दिएका छन् । ‘यसले मेमोरी र मुभमेन्टलाई सकारात्मक असर गर्छ भनेका छन् । पछिल्लो अनुसन्धानबाट पत्ता लगाएको औषधी भनेर दिने काम भएको छ’ प्रचण्डले भने ।

पहिले जोन हप्किन्स र जर्ज टाउन अस्पतालमा उपचार गरिएको र पछि बर्बिघंम अस्पतालको पनि विचार सुनौं भनेर त्यहाँ पनि पुगेको उनले बताए । ‘बर्मिघममा पनि त्यही नै कुरा सही हो भन्ने भयो’ उनले भने ‘त्यसअनुसार औषधी दिन सुरु गरिएको छ, प्रारम्भिक लक्षण राम्रो छ ।’

प्रचण्डपत्नी सीता दाहाल, छोरी गंगासहितको टोली चैत ३ गते अमेरिका गएको थियो । अमेरिका जाने क्रममा उनले उपचार प्रक्रिया लामो चलेमा आफू १० दिन बसेर फर्किने बताएका थिए । तर, उपचार सकिएकाले आफूसहितको सबै टोली सँगै स्वदेश फर्किएको उनले जानकारी दिए ।

यो पनि पढ्नुस्–

सीता दाहालको स्वास्थ्य समस्या के हो रु नेपालमा उपचार सम्भव छैन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment