Comments Add Comment

२० वर्षीया युवतीका दुईवटा पाठेघर, १ महिनामै जन्माइन् ३ बच्चा !

कहिलेकाहीँ दुनियाँमा यस्ता घटना हुन्छन्, जसले विज्ञान तथा प्रकृतिलाई नै चुनाैती दिने हैसियत राख्दछन् ।

बंगलादेशमा हालै यस्तै भएको छ, जसका कारण चिकित्सा जगत र आम मानिससमेत तीनछक परेका छन् ।

एकजना बंगलादेशी युवतीले एक महिनाको बीचमा २ पटक सुत्केरी भएर ३ वटा बच्चा जन्माएकी छन् । पहिलो बच्चा जन्माएको २६ दिनपछि ती युवतीले फेरि जुम्ल्याहा बच्चा जन्माएकी हुन् ।

आरिफ सुल्तान नामकी ती युवतीले पहिलो बच्चा जन्माउँदा अस्पतालका डाक्टरहरुले उनको पेटमा थप दुईवटा बच्चा पनि रहेको पत्तो पाएनन् । अन्ततः २६ दिनपछि उनले अस्पतालमै भर्ना भएर शल्यक्रियाबाट जुम्ल्याहा बच्चा जन्माइन् ।

अहिले तीनवटै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

ती महिलाको उपचार गर्ने डाक्टर शीला पोद्दाले एएफपीसँग भनेकी छिन्, ‘पहिलो डेलिभरीपछि उनलाई आफ्नो पेटमा थप बच्चा पनि रहेको कुनै अनुभव नै भएन । उनी पहिलो बच्चा जन्मिसकेपछि पनि अझै गर्भवती नै थिइन् । २६ दिनपछि उनी समस्या भएको भन्दै अस्पताल आइन् । अस्पतालमा उनको अल्ट्रासाउण्ड गरियो । जसबाट उनको पेटमा दुई पाठेघर रहेको पत्ता लाग्यो ।’

डाक्टरका अनुसार पहिलो बच्चा एउटा पाठेघरबाट जन्मिएको थियो भने पछि जन्मिएका जुम्ल्याहा बच्चा अर्को पाठेघरबाट जन्मिएका हुन् ।

आरिफ सुल्तानको पहिलो बच्चा शल्यक्रिया विना प्राकृतिक तरिकाले नै जन्मिएको थियो । तर बच्चाको जन्म निर्धारित समयभन्दा अगाडि भएको थियो ।

आरिफाका पतिका अनुसार पहिलो बच्चा जन्मिएको २६दिनपछि उनी फेरि विरामी परिन् । त्यसपछि उनलाई अस्पताल लगियो । अस्पतालमै उनको पेटका बच्चा रहेको पत्ता लाग्यो र शल्यक्रियाबाट दुई जुम्ल्याहा बच्चाको जन्म भयो ।

पहिलो बच्चाको रुपमा छोरा जन्माएकी आरिफाले २६ दिनपछि जन्माएका जुम्ल्याहा मध्ये एकजना छोरा र अर्की छोरी रहेका छन् ।

डाक्टरका अनुसार महिलाको पेटमा दुईवटा पाठेघर हुनु र यसर दुबै पाठेघरबाट एउटै गर्भमा फरक फरक बच्चा जन्मिनु निकै दुर्लभ घटना हो । उनको उपचार बंगालादेशी डाक्टरहरुले यस्तो घटना आफुहरुले पहिलोपटक देखेको बताएका छन् ।

पहिलो बच्चा जन्मिँदाखेरि नै आमाको राम्रोसँग परीक्षण नगरेकोमा कतिपयले अस्पतालका डाक्टरहरुको आलोचना पनि गरेका छन् ।

आरिफाका पति सुमोनले यस घटनालाई अल्लाहको चमत्कार भनेका छन् । सुमोन पेशाले निम्नवर्गीय मजदूर हुन् । आफ्नो सानो कमाईले पनि पत्नी र सबै बच्चालाई खुसी राख्ने प्रयास गर्ने उनले बताएका छन् ।

स्मरण रहोस् सन् २००६मा बेलायतमा एकजना महिलाले यसैगरी दुईवटा पाठेघरबाट एकैसाथ तिनवटा बच्चा जन्माएकी थिइन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment