Comments Add Comment

प्रदेश १ मा संसदीय समिति सभापति चयन चैत २२ गते

१५ चैत, विरानगर । प्रदेशसभा १ को बिषयगत समितिका सभापति चयन गर्न मतदान हुने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले सभापति चयन गर्न चैत २२ गतेको मिति तोकेको छ । प्रदेशसभा सचिवालयले शुक्रबार चुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रदेशसभाका सात समितिमध्ये प्रमुख प्रतिपक्ष दलले एउटा समितिको नेतृत्व पाउने छ । बाँकी छ समितिको नेतृत्व नेकपाले नै गर्नेछ । संसदीय समितिको नेतृत्वका विषयमा पनि नेकपाभित्र सहमति जुटेको छ ।

हालसम्म सभापति चयन हुन नसक्दा मिनि संसद मानिने संसदीय समितिको बैठक ज्येष्ठ सदस्यले अध्यक्षता गर्दै आएका थिए ।

समितिका सदस्य हेरफेर

विषयगत समितिका सदस्य केही हेरफेर गरिएको छ । सार्वजनिक लेखा समितिमा आशारत्न जबेगुको स्थानमा ओमप्रकाश सरावगी परेका छन् ।

त्यसैगरी तुलसीप्रसाद न्यौपानेको स्थानमा लोकप्रसाद संग्रौलालाई राखिएको छ । सरिता थापाको स्थानमा अम्बिका थापालाई राखिएको छ ।

लेखा समितिको अन्य सदस्यहरुमा कुलप्रसाद साम्बा, कुसुमकुमारी श्रेष्ठ, बसन्तकुमार बानियाँ, शिवनारायण गनगाई, सन्जाकुमारी दनुवा र होमकुमारी सावाँ रहेका छन् ।
अर्थ समितिमा पनि केही सांसदको नाम फेरिएको छ । जसमा अर्जुन राईको स्थानमा मोहनकुमार खड्का आएका छन् । ओमप्रकाश सरावगीको स्थानमा चुमनारायण तवदारलाई राखिएको छ ।

बाँकी सदस्यहरुमा एकराज कार्की, जसमाया गजमेर, पदमकमारी गुरुङ, पूर्णप्रसाद राजवंशी, प्रतापप्रकाश हाङगाम, यसोदा अधिकारी, राजन राई, रामकुमार राई, लिला सुब्बा रहेका छन् ।

सामाजिक विकास समितिमा अम्बिका थापा स्थानमा सरिता थापा र सिता थेवेको स्थानमा कला घलेको नामा हेरफेर गरिएको छ । समितिका अन्य सदस्यहरुमा अगमलाल चौधरी, कल्पनाकुमारी सरदार, कृष्णकुमारी राई, केदार कार्की, गणेशकुमार काम्बाङ, झलकबहादुर मगर, निरन राई, राजेन्द्रकुमार राई, रामचन्द्र लिम्बु, लछुमन तिवारी, सावित्राकुमारी रेग्मी रहेका छन् ।

न्याय प्रशासन तथा विधायन समितिबाट चुमनारायण तबदारको नाम हटाइएको छ । समितिका अन्य सदस्यहरुमा इन्दिरा राई, इन्द्रमणि पराजुली, खिनु लङ्वा लिम्बु, चन्द्रप्रसाद श्रेष्ठ, जयराम यादव, टंक आङबुहाङ लिम्बु, बसन्ती देवी यादव, विमल कार्की, विष्णु तुम्बाहाम्फे, राजकुमार ओझा, राजीव कोइराला, लिला बल्लभ अधिकारी, शान्ता पौडेल, सावित्री जोशी, सौभाग्यवतीदेवी राई , त्रानेश्वर राजवंशी रहेका छन् ।

सुशासन तथा योजना समितिमा पूर्णप्रसाद राईको स्थानमा अर्जुन राईलाई ल्याइएको छ ।

अन्य सदस्यहरुमा उषाकला राई, गुलेफुन खातुन, ज्योति सुब्बा, तेजमान कन्दङ्वा, धिरेन्द्र शर्मा, बलबहादुर साम्सोहाङ, भीमप्रसाद आचार्य, राधा थापा, शेखरचन्द्र थापा, सुनिताकुमारी चौधरी, सुयर्मा राज राई, हिराकुमार थापा रहेका छन् ।

उद्योग, पर्यटन तथा वातावरण समितिमा काला घलेको स्थानमा सीता थेवे र मोहमद ताहिर मियाको स्थानमा नवोदिता चौधरीलाई राखिएको छ । बाँकी सदस्यहरुमा उमिता विश्वकर्मा, काजीमान कागते, नारायणबहादुर मगर, विन्दिया कार्की, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर, लिलम बस्नेत, विध्यानन्द चौधरी, श्रीपसाद मैनाली रहेका छन् ।

प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा नवोदिता चौधरीको नाम हटाइएको छ । मोहनकुमार खड्काको स्थानमा पूर्णप्रसाद राईलाई ल्याइएको छ ।

लोकप्रसाद संग्रौलाको स्थानमा महमद ताहिर मियालाई ल्याइएको छ । बाँकी सदस्यहरुमा अम्बिका बाबु गुरुङ, उत्तमकुमार बस्नेत, उपेन्द्रप्रसाद घिमिरे, गोपालचन्द्र बुढाथोकी, बिजयकुमार विश्वास, बिनादेवी राई, बखबहादुर प्रधान, सर्वध्वज साँवा लिम्बु र हिमाल कार्की रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment