Comments Add Comment

गजबको काइदाः जब श्रीमान्लाई आफु गर्भवती भएको सुनाउनुहुनेछ

भनिन्छ, श्रीमान् र श्रीमती तब एक परिवार बन्छन्, जब उनीहरु दुईबाट तीन हुन्छन् । अर्थात उनीहरुको कोखमा सन्तान खेल्न आइपुग्छन् । अतः नव विवाहित जोडीको लागि सबैभन्दा खुसीको क्षण त्यही हो, जतिबेला उनीहरुले आफ्नो गर्भमा बच्चा रहेको थाहा पाउँछन् ।

तर, यो कुरा आफ्नो पार्टनर खासगरी श्रीमान्लाई कसरी थाहा दिने ?

किनभने यो एउटा जीवनकै रमाइलो क्षण हो । पहिलो सन्तान गर्भमा रहेको कुरा सुनाउनका लागि श्रीमती जति आतुर हुन्छन्, श्रीमान् त्यो खबर सुन्न उत्तिकै उत्सुक हुन्छन् । यति रमाइलो क्षणलाई किन सामान्य ढंगले सम्पन्न गर्ने ? जीवनभर सम्झनलायक किन नबाउने ?

दम्पतीले जीवनभर स्मरण गर्न सक्छन् कि, पहिलो सन्तान गर्भमा रहँदा उनीहरुले कसरी खुसी साटेका थिए ? उक्त खबर कसरी सुनेका र सुनाइएका थिए ? त्यसबेला उनीहरुको प्रतिक्रिया कस्तो थियो ?

यसका लागि केही गजबका काइदा छन् ।

फोटोमा लुकेको सन्देश

प्रेरणाले रोहितलाई अनायसै प्रस्ताव गरे, ‘हिँड्नुहोस्, आज स्टुडियोमा गएर फोटो खिचाउनुपर्छ । कति दिन भयो हामीले स्टुडियोमा फोटो नखिचेको । राम्रो स्टुडियोमा गएर फोटो खिचौं ।’

स्टुडियोमा पुगेपछि फोटोग्राफरले उनीहरुलाई एक-एक पोज दिन लगाए । अतः दुबैलाई एउटा-एउटा खाली पाना पनि दिए । त्यसमा दुबैले एकअर्काको लागि केही लेख्न भने । ‘यस्तो अवस्थामा दुबैको भावभंगीमा क्यामेरामा कैद गर्नुछु’ फोटोग्राफरले भने ।

दुबै श्रीमान्-श्रीमतीलाई फोटोग्राफरको आइडिया गजब लाग्यो ।

रोहितले लेखे, ‘तिमी बिना मेरो जीवन अधुरो छ ।’

यता प्रेरणाले लेखिन्, ‘तपाईं बुवा बन्नेवाला हुनुहुन्छ ।’

खासमा प्रेरणाले नै यसअघि फोटोग्राफरलाई यस्तो आइडिया दिएका थिए । उनीहरु पूर्व तयारीपछि श्रीमानलाई लिएर स्टुडियो पुगेका थिए ।

मिठाई खाँदै गर्दा…

अनुश्रीलाई थाहा छ, आफ्ना श्रीमान् इशानलाई गुलियो खानेकुरा औधी मनपर्छ । उनले श्रीमान्का लागि प्लेटभरी मिठाई राखिदिइन् ।

इशान मिठाई खान थाले । मिठाई सकिएपछि उनले देखे, प्लेटमा केही लेखिएको । त्यहाँ सुन्दर अक्षरमा लेखिएको थियो, ‘तपाईं बुवा बन्दै हुनुहुन्छ ।’

जादुयी रुमाल

‘तिमी कहिलेदेखि यस्तो अन्धविश्वासमा लाग्यौ ?’ कार्यलयबाट राती घर फर्केपछि आर्यनले सोधे । प्रीतिले एउटा रुमालभित्र केही लुकाएकी थिइन् र त्यसभित्र आफ्नो भविष्य रहेको उनले बताइरहेकी थिइन् ।

प्रीतिले भनिन्, ‘यो रुमालभित्र हाम्रो भविष्यको रहस्य लुकेको छ । मलाई एक तान्त्रिकले त्यही भनेर यो रुमाल दिएको हो ।’

तब आर्यनले रुमाल हटाए । त्यहाँ एक सानो गुडिया थियो । गुडियाको हातमा कागजको टुक्रा थियो, जसमा लेखिएको थियो, ‘तपाईं बुवा बन्दै हुनुहुन्छ ।’

हुनेवाला बच्चाका लागि

रमेश विहान उठेर बाथरुम गए । बाथरुममा पुगेपछि टुथ ब्रस गर्न खोजे । उनले आफ्नो ब्रससँगै अर्को सानो तर नयाँ ब्रस देखे । उनी तीनछक्क परे ।

ब्रस गरे । मुख धोए । मुख पुछ्नका लागि तौलिया खोजे । उनको तौलियासँगै अर्को सानो तौलिया पनि थियो । उनी छक्क परे ।

त्यसपछि उनी तातो पानी पिउन गए । उनको गिलाससँगै अर्को सानो गिलास पनि थियो । अब उनमा धैर्यता रहेन । श्रीमतीलाई सोधे, ‘यी सबै सामाग्री किन ?’

श्रीमतीले हाँस्दै जवाफ दिइन्, ‘हुनेवाला बच्चाका लागि । तपाईं बुबा बन्दै हुनुहुन्छ ।’

आजाको ताजा खबर

सुरज बिहान उठ्नसाथ चिया पिउँदै पत्रपत्रिका पढ्छन् । यो बानी उनकी श्रीमती सुनितालाई थाहा छ । सुनिताले पत्रिकामा सानो कागजको टुक्रा राखिदिइन्, जसमा लेखिएको थियो, ‘तपाईं बुवा बन्दै हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment