Comments Add Comment

कार चोर्नेलाई अनौठो सजायँ : ४ वर्षसम्म पेप्सी पिउन नपाउने

कार चोरी गर्ने मानिसमाथि अदालतले कस्तो सजायँ गर्ला ? जेल सजायँ वा नगद जरिवाना । तर अमेरिकामा भने एकजना कार चोरीका अभियुक्तलाई अदालतले चार वर्षसम्म पेप्सी पिउन नपाउने फैसला गरेको छ ।

अमेरिकाको हवाईस्थित अदालतले २१ वर्षका एक अभियुक्त विरुद्ध यस्तो फैसला गरेको हो । समाचार अनुसार क्रिस्टोफर मोन्टीलियानो नामका ती अभियुक्तलाई उनको मनपर्ने पेय पदार्थ पेप्सी चार वर्षसम्म नपिउने आदेश गर्ने न्यायाधीशको नाम रोन्डा लू हो ।

गत जुन महिनामा माउल क्षेत्रमा चोरीको कारसँगै पक्राउ परेका थिए क्रिस्टोफर । तर उनले उक्त कार आफ्नो भतिजको भएको र आफु कार चलाएर आफुलाई मनपर्ने पेय पदार्थ पेप्सी किन्न जान लागेको भनी अधिकारीहरु तथा अदालतमा पनि झुटो बयान दिएका थिए ।

तर उनको ढाँटेको प्रमाणित भएसँगै न्यायाधीशले अभियुक्तले आफ्नो मनपर्ने पेय पदार्थ पेप्सी चार वर्षसम्म पिउन नपाउने फैसला गरेकी हुन् ।

यसअघि पनि क्रिस्टोफरले यस्तै खालको मुद्दामा सात वर्ष जेल सजायँ भुक्तान गरेका थिए । उसमा पेप्सीको अत्यधिक लत रहेको समेत पाइएको छ ।

यस पटक उसले आफुले अब गल्ती नगर्ने भन्दै जेल नपठाउन अनुनय विनय गरेको थियो । सोही कारण न्यायाधीशले उसलाई चार वर्षसम्म पेप्सी पिउन नपाउने आदेश दिइन् ।

त्यो सँगै क्रिस्टोफरले १ सयघण्टासम्म समुदायमा जनश्रमदान गर्नुपर्नेछ भने १ सय डलर जरिवाना पनि तिर्नुप्र्नेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment