Comments Add Comment

श्रीलंकाका टेस्ट कप्तान मापसे गरी दुर्घटना गर्दा पक्राउ

१७ चैत, काठमाडौं । श्रीलंकाली टेस्ट क्रिकेटका कप्तान दिमुथ करुणारत्ने मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा पक्राउ परेका छन् । उनले गाडीले एक तीन पाङ्ग्रे सवारीलाई ठक्कर दिएको थियो ।

मादक पदार्थ सेवन गरेर गाडी चलाएका कारण करुणारत्नेलाई प्रहरीले पक्राउ गरेको थियो । अहिले उनी जमानतमा रिहा भएका छन् । सोमबार उनलाई अदालत बोलाइने बताइएको छ । प्रहरीका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ ।

घाइतेको अवस्था आँकलन गरेर उनीमाथिको कारबाहीको निर्णय हुने छ । अदालतले दिएको निर्णयका आधारमा उनीमाथि अन्य व्यावसायिक कारबाही पनि हुन सक्ने क्रिकेट वेबसाइट क्रिकइन्फोले उल्लेख गरेको छ । श्रीलंकाली क्रिकेट बोर्डले पनि अदालतको फैसला कुर्ने जनाइएको छ ।

फेब्रुअरीमा दक्षिण अफ्रिकासँगको टेस्ट सिरिज जिताएर चर्चामा रहेका करुणारत्नेलाई विश्वकपमा श्रीलंका टिमको कप्तान बन्न सक्ने खेलाडीका रुपमा पनि हेरिएको छ । यो घटनाले उनको क्रिकेट जीवनमा असर गर्ने क्रिकेट विश्लेषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment