Comments Add Comment

ओलम्पिकको दोस्रो राउण्ड खेल्ने नेपाली टिमलाई विदाइ

१७ चैत, काठमाडौं । ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरण खेल्ने नेपाली महिला फुटबल टिमलाई विदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज नेपाली महिला टिमलाई विदाइ गरेको हो । नेपाली टिम आज साढे तीन बजे म्यानमार प्रस्थान गर्दैछन् ।

गत बुधबारदेखि महिला टिमले अभ्यास थालेको थियो । गत चैत ८ गते विराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली महिला टिमले केही दिनको अभ्यासपछि ओलम्पिक छनोट खेल्न म्यानमार प्रस्थान गर्न लागेको हो ।

जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणको खेल यही अप्रिल तीन तारिखदेखि म्यानमारमा सुरु हुँदैछ ।

समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत रहेका छन् । नेपालले आफ्नो पहिलो खेल ३ अप्रिलमा आयोजक म्यानमारसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले भारतसँग ६ अप्रिल प्रतिस्पर्धा गर्दैछ । भारतलाई साफको बदला लिने लक्ष्यमा नेपाल हुनेछ । छनोटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्द्वी इन्डोनेसियासँग नेपालले ९ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टिम

गोलकिपर : एञ्जिला सुब्वा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर : हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मनमाया लिम्बु

मिडफिल्डर : अनिता बस्नेत, दिपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी

फरवार्ड : निरु थापा (कप्तान), सावित्रा भण्डारी, रेखा पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment