Comments Add Comment

ओखलढुंगा जीप दुर्घटना : मृतक ६ जनाकै सनाखत

१७ चैत, काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका- ६ स्थित डडुवाडाँडामा भएको जीप दुर्घटनाका सबै मृतकको खनाखत भएको छ । मृतक ६ जनाकै खसनाखत भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ का ५५ वर्षीय मिङमा शेर्पा, सोही ठाउँका ४५ वर्षे साङ्गेल शेर्पा, काठमाडौं बौद्ध निवासी ३५ वर्षीय नोर्बु शेर्पा, ४० वर्षीय ङवाङ शेर्पा र ४५ वर्षीया डोमा शेर्पा र वाङदा शेर्पा भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो डडुवाडाँडास्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको थियो ।

घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment