Comments Add Comment

दुई उमेर समूहमा एन्फाले थाल्यो खेलाडी छनोट

१७ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभरबाट दुई उमेर समूहमा खेलाडी छनोट थालेको छ ।

एन्फाले शुक्रबार ४५ वटा जिल्ला फुटबल संघ र तीन अस्थायी जिल्ला फुटबल संघलाई पत्र काट्दै स्थानीय तहमा १३ वर्षमुिन र १६ वर्षमुनिको गरी दुई उमेर समूहमा खेलाडी छनोट गर्न निर्देशन दिएको हो ।

एन्फाले यू–१३ टिमका लागि छनोट हुन निश्चित नियम राखेको छ । १३ वर्षमुनि खेलाडीको लागि २०६२ साल पुस १७ गतेभन्दा पछि र २०६३ साल पुस १६ गतेभन्दा अगाडि जन्मिएको हुनु पर्नेछ । त्यस्तै, छनोटमा सहभागिता हुँदा खेलाडीले जन्मदर्ताको प्रमाणपत्र र नाबालकको प्रमाणपत्र अनिवार्य रुपमा ल्याउनुपर्नेछ ।

त्यस्तै १६ वर्षभन्दा कम उमेर समूहका लागि २०५९ पुस १७ गतेभन्दा पछि र २०६० पुस १६ गतेभन्दा अघि जन्मेको हुनुपर्नेछ ।

पहिलो चरणमा १७ वटा जिल्लामा छनोट हुनेछ । झापा, पाँचथर, इलाम, धनकुटा, उदयपुर, सिराह, सप्तरी, सुनसरी, धनुषा, महत्तरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर र चितवनमा हुने छन् ।

छनोट भएका खेलाडीलाई एन्फाले आफ्नो धरान र बुटवल फुटबल एकेडेमीमा राख्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment