Comments Add Comment

चेन्नाईको लगातार तेस्रो जित, कप्तान धोनीको उत्कृष्ट ब्याटिङ

Photo Credit : आईपीएल

१८ चैत, काठमाडौं । डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई आठ रनले पराजित गर्दै चेन्नाईले लगातार जित हात पारेको हो ।

चेन्नाईले दिएको १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६७ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि बेन स्टोक्सले ४६, राहुल त्रिपाठीले ३९, स्टिभन स्मिथले २८ रन बनाएपनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् ।

बलिङतर्फ चेन्नाईका शार्दुल ठाकुर, दिपक चाहार, इमरान ताहिर र ड्वाने ब्राभोले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७५ रन बनाएको थियो । चेन्नाईका लागि कप्तान महेन्द्रसिंह धोनीले अविजित ७५ रन बनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment