Comments Add Comment

रियलको संघर्षपूर्ण जित

१८ चैत, काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ह्युस्कामाथि संघर्षपूर्ण जित निकालेको छ ।

आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रियलले ह्युस्कालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमा, इस्को र ड्यानी सेबालोसले गोल गरे । यता, ह्युस्काका लागि जुआन क्यामिलो हर्नाल्डेज र जाबियर एटक्सिटाले गोल गरे ।

तेस्रो मिनेटमै जुआनले गोल गर्दै ह्युस्कालाई अग्रता दिलाएका थिए । तर खेलको २५ औ मिनेटमा इस्कोले गोल गरेपछि रियलले १–१ गोलको बराबरी बनाएको थियो ।

पहिलो हाफमा बराबरी खेलेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्दा ह्युस्काले एक गोल फर्काएको थियो । ६२ औं मिनेटमा ड्यानीले गोल गर्दै रियललाई २–१ गोलको अग्रता दिलाए । तर ७४ औं मिनेटमा एटक्सिटाले गोल गरेपछि ह्युस्कालाई २–२ गोलको बराबरी दिलाएका थिए ।

खेल सकिन एक मिनेट बाँकी छदा रियलका लागि बेञ्जिमाले गोल गर्दै ३–२ गोलको अग्रता दिलाउँदै खेल रियलको पक्षमा पारे । जिनेदिन जिदानले रियल सम्हालेसँगै दुबै खेलमा रियलले जित हात पारेको हो ।

जितपछि तेस्रो स्थानमा रहेको रियलको ५७ अंक छ । पराजित ह्युस्काको भने २२ अंक छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ६९ अंक रहंदा दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ५९ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment