Comments Add Comment

लगातार हारेपछि कोहलीले भने : हामी सबै पक्षमा कमजोर बन्यौं

१८ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तीन खेल हारेर कमजोर बनेको रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीले आफूहरुले थप नयाँ प्रयोगहरु गर्नुपर्ने बताएका छन् ।

आइतबार तेस्रो खेलमा सनराइजर्स हैदराबादसँग ११८ रनले हारेपछि कोहलीले सबैभन्दा खराब हारबाट गुज्रिएको भन्दै अझै बलियो बनेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

यसअघि चेन्नई सुपर किंग्ससँगको पहिलो खेलमा ७० रनमा समेटिएर ७ विकेटले पराजित भएको बैंग्लोर दोस्रो खेलमा मुम्बई इन्डियन्ससँग १८७ रनको लक्ष्य पछ्याउँदा ६ रनले पराजित भएको थियो ।

‘हामीले असाध्यै खराबसँग हार्‍यौं । अहिले त्यसको व्याख्या गर्न सक्ने स्थितिमा पनि छैन’ कोहलीले भनेका छन्, ‘पहिलो बलदेखि नै हाम्रो पक्षमा केही भएन । अन्तिम बल खेल्दासम्म पनि अवस्था त्यस्तै थियो । हामी ब्याटिङ, बलिङ र फिल्डिङ सबै पक्षमा कमजोर बन्यौं ।’

उनले अझै ११ खेल बाँकी रहेकाले आफूहरुले नयाँ ढंगले सोचेर अगाडि बढ्नुपर्ने बताए । ‘हामीसँग अझै अगाडिका खेलमा राम्रो गर्नसक्ने अवसर छ । अगाडिको ब्याटिङमा सुधार गर्न सक्यौं भने खेलमा फर्किन सजिलो हुन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment