Comments Add Comment

प्रकृतिको चमत्कार : जहाँ रुखमै चरा फुल्दछन् (फोटो फिचर)

रुखमा फूल फूल्छन्, फल फल्छन् । फलफूल खानका लागि रुखमा चराहरु झुम्मिन्छन् । तर, चीनमा भने यस्ता रुख छन्, जहाँ स्वयं चरा फूल्दछन् ।

म्यागनोलिया भनिनेे रुखमा जब फूलकेा कोपिला फक्रिन थाल्दछ तब हाँगामा चरा नै उम्रिएजस्तो लाग्दछ । यसको फूल झ्वाट्ट हेर्दा त्यो ठ्याक्कै चराजस्तै देखिन्छ । रुखमा लटरम्म फूल फूलेको बेला हाँगैभरी चराहरु झुम्मिएको जस्तो देखिन्छ ।

चीनको उत्तरी भागमा यो जातको रुख पाइन्छ । वसन्त ऋतुमा यसमा फूल फुल्दछ । फूल निकै बासनादार र सुन्दर हुन्छ ।

म्यागनोलियाको रुख १ देखि २० मिटरसम्म अग्लो हुन्छ । यसको फूल् शुद्धता, वसन्त, आकर्षण र सुन्दरताको प्रतिक मानिन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment