Comments Add Comment

मन्त्रिपरिषदको बैठक बस्दै

१८ चैत, काठमाडौं । मन्त्रिपरिषदको बैठ सोमबार बेलुका ६ बजेका लागि बोलाइएको छ ।

गएराति आएको वर्षासँगैको आएको हावाहुरीले बारा र पर्सा लगायतका जिल्लामा भएको धनजनको क्षति गरेपछि मृतकलाई राहत र प्रभावितको उद्वार लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरी प्रभावित जिल्लामै छन् ।

उनी काठमाडौं फर्किएपछि साँझ ६ बजे प्रधानमन्त्री निवास वालुवाटरमा मन्त्रिपरिषदको बैठक बस्ने तय भएको छ ।

प्रदेश २ सरकारले हावाहुरी प्रभावितहरुलाई मुख्यमन्त्री राहत कोषमार्फत सहयोग रकम जम्मा गरिदिन आह्वान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment