Comments Add Comment

प्रदेशमा पनि सिंहदरबारको रोग सर्‍यो : अर्थमन्त्री आङबो

१९ चैत, बिराटनगर । १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले प्रदेशको बजेट खर्च हुन नसक्नुमा सिंहदरबारलाई दोष दिएका छन् । विगतमा सिंहदरबारमा भएको गलत परम्पराको बिरासत तल आइपुगेकाले प्रदेशको बजेट खर्च हुन नसकेको मन्त्री आङबोको आरोप छ ।

विगतको गलत परम्परा सँगसँगै प्रदेशको संरचना नबन्नु, योजना छनोटमा ढिलाइ हुनु, कर्मचारी समायोजनको काममा ढिलाई हुनु र कानूनी जटिलता भएका कारण बजेट खर्च हुने नसकेको मन्त्री आङबोको विश्लेषण छ ।

नेपाल आर्थिक पत्रकार समाज -सेजन) ले विराटनगर मंगलबार अयोजना गरेको सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री आङबोले भने ‘प्रदेश सरकारको बिकास बजेट राज्य कोषमा थन्केको अवस्थामा विकास सम्भव हुँदैन । तर बिकास बजेट खर्च गर्ने बहानामा वित्तीय अनुशासन विपरीत खर्च गर्ने परिपाटी भने प्रदेश सरकारको छैन ।’

अर्थमन्त्री आङबोले प्रदेश सरकारको कुल बजेटमध्ये आठ महिनाको अवधिमा साढे १२ प्रतिशत विकास बजेट र १४ प्रतिशत चालु तर्फको बजेट खर्च भएको जानकारी दिए ।

उनले यो संघीयता कार्यान्वयको बर्ष भएकाले पनि बिकास बजेट जनअपेक्षा खर्च हुन नसकेको दाबी गरे । प्रदेशको चालु खर्च भने १३ देखि १४ प्रतिशत मात्रै हुनु सकारात्मक भएको उनको भनाइ थियो ।

व्यवसायीको गुनासो

छलफल कार्यक्रममा बोल्दै मोरंग व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले करको सही सदुपयोग नगरी बजेट खर्च गर्ने परिपाटीले देशको विकास नहुने बताए । उनले स्थानीय तहहरुले जथाभावी कर संकलन गर्ने र योजना निर्माण गर्दा राजनीतिक हस्तक्षेप धेरै हुने गरेको बताए ।

उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले बैंकहरुले एक सय २५ प्रतिशतसम्म ब्याजदर कायम गरे पनि सरकारले हस्तक्षेप नगर्दा उद्योग व्यवसाय धरासायी बन्ने अबस्था सुजना भएको बताए ।

सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व सचिवालयका प्रमुख सुशील पाण्डेले बजेट निर्माण प्रक्रिया र खर्च गर्दासम्मको वित्तिय परिपाटीबारे प्रष्ट हुनपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment