Comments Add Comment

पुनर्वासमा बीओपी स्थापना

१९ चैत, कन्चनपुर । सीमा विवादका क्रममा एसएसबीको गोली लागि गोविन्द गौतमको मृत्यु भएको पुनर्वासमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)को स्थापना गरिएको छ । सीमा विवादका क्रममा २०७३ फागुन २६ गते एसएसबीसँगको झडपमा  गोविन्दको मृत्यु भएको थियो ।

नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी गण कन्चनपुरअन्तरगत रहने गरी सशस्त्र प्रहरी बल नेपाल बीओपी पुनर्वास, कन्चनपुरको स्थायी पोष्ट स्थापना गरिएको हो ।

कन्चनपुर प्रमुख जिल्ला अधिकारी सुशील बैद्य र सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर थापा र पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा बिष्टले संयुक्त रूपमा बीओपीको उद्घाटन गरेका छन् ।

अस्थायी रुपमा रहेको सशस्त्र प्रहरी बललाई स्थायी रुपमा स्थापना गरेर सीमा सुरक्षालगायत, सीमामा हुने तस्करी, अपराधिक गतिविधिलाई नियन्त्रण लिइने सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक थापाले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को कमाण्डमा २१ जना रहने छन् ।

भौतिक संरचनाको अभावमा सुरक्षाकर्मीहरुलाई बस्न असजिलो भएकाले भौतिक संरचनाको निर्माणपछि सशस्त्र प्रहरी निरीक्षक कमाण्डमा सुरक्षाकर्मीहरु रहने बताए ।

कन्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले सशस्त्र प्रहरीको स्थायी पोष्टपछि सीमामा हुने अपराधिक गतिविधिमा नियन्त्रमा आउने बताए ।

उनले दुबै देशको ज्वाईन्ट सीमा सर्वेपछि मात्रै बन्द रहेको उक्त सीमानाका खोल्ने विषयमा छलफल गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment