Comments Add Comment

हुरीले भत्काएको घर केन्द्र सरकारले बनाइदिने !

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरु हुरी प्रभावित क्षेत्र पुगेर फर्किएपछि बसेको मन्त्रिपरिषद् बैठकले अनपेक्षित रुपमा न राहतको प्याकेज घोषणा गर्‍यो, न प्रदेश २ सरकारको माग अनुसार राष्ट्रिय शोक

पीडित मात्र होइन, प्रदेश २ को सरकारले पनि केन्द्रबाट प्याकेज घोषणाको अपेक्षा गरेको थियो ।

तर, बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले हुरी कसरी आयो भनेर नै ब्याख्या गरे । एक मन्त्रीका अनुसार त्यहाँ गएका मन्त्रीहरुले पनि ब्रिफिङमै समय बिताए । घाइतेको उपचार खर्च व्यहोर्ने, राहत उद्धारमा कुनै कसर बाँकी नराख्ने र तथ्यांक संकलन गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेर बैठक सकियो ।

त्यसको भोलिपल्ट मंगलबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुरी प्रभावित गाउँहरुमा पुगे । पीडितहरुलाई छाटो सम्बोधन गरेका उनले नेकपाको तर्फबाट मृतकको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

पीडितहरुको घर सरकारले बनाइदिने घोषणा पनि गरे । उनले भने, ‘आज विहान मात्र मेरो प्रधानमन्त्रीजीसँग पनि कुरा भएको थियो । सरकारले सबै क्षतविक्षत भएका घरहरु बनाइदिने निर्णय भएको छ । यो जानकारी पनि म गराउन चाहन्छु ।’

घाइतेको उपचार खर्च व्यहोर्ने र बालीनालीको क्षतिमा पनि सरकारले सहयोग गर्ने उनले बताए ।

नेकपा स्रोतका अनुसार केन्द्र सरकारले राहत घोषणा नगरेकोमा नेताहरुले असन्तुष्टि जनाएका थिए । त्यही भएर प्रचण्ड प्रभावित क्षेत्रमा जानुअघि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए । त्यहाँ भएको छलफल अनुसार नै प्रचण्डले प्रभावितहरुका लागि राहत घोषणा गरेको हुन सक्ने एक नेताले बताए ।

यो पनि पढ्नुहोस राति नै कता हरायो त्रिपाल ? पीडित भन्छन्- पक्कीघरतिर गयो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment