Comments Add Comment

हावाहुरीले घाइते भएका १९२ जनाको निःशुल्क उपचार

१९ चैत, वीरगञ्ज । आइतबार साँझ आएको हावाहुरीले घाइते भएकाहरुका लागि नेपाल प्रहरी अस्पतालको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका-२२ जगरनाथपुर गाउँमा शिविर सञ्चालन गरिएको हो । शिविरमा १९३ जना हावाहुरीबाट प्रभावितहरुको उपचार गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

हावाहुरीले जगरनाथपुरमा २०९ वटा घरधुरीमा क्षति पुर्‍याएको छ । हावाहुरीका कारण प्रभावित व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडुबाट हाडजोर्नी विशेषज्ञ प्रहरी नायब उपरीक्षक डा.अमिनकुमार श्रेष्ठको नेतृत्वमा ३ जना मेडिकल अफिसरसहित १० जनाको टोली स्वास्थ्य शिविर सञ्चालन गर्न जगरनाथपुर पुगेको थियो ।

स्वास्थ्य शिविरमा रुघाखोकी, झाडापखाला घाउ चोट पटक लागेर पनि उचित उपचार नपाएका बिरामीहरुको उपचार गरिएको हाड जोर्नी रोग विशेषज्ञ डा.श्रेष्ठले बताए ।

त्यसैगरि शिविरमा हावाहुरी आउँदा भाग्ने क्रममा लडेका वा घर टहरा उडाउँदा लागेका कारण शरीरका विभिन्न भागका हड्डी चर्किएका बिरामीको प्लाष्टर गर्नुको साथै निःशुल्क ओषधिसमेत वितरण गरिएको थियो ।

बिहान ९ः३० बजे सुरु भई दिउँसो ३ः३० बजेसम्म सञ्चालन भएको थियो । गाउँघरमै उपचार पाउँदा स्थानीयले खुशी व्यक्त गरेको प्रहरीले जनाएको छ ।

भोलि बिहान ८ः०० बजे बाराको प्रसौनी गाउँपालिका- २ खुट्वा जब्दीमा पनि निःशुल्क शिविर सञ्चालन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment