Comments Add Comment

धनगढीमा यसवर्ष पनि रात्रीकालीन पेनाल्टी सुटआउट, विजेतालाई डेढ लाख

चैत २०, कैलाली । विगतका वर्षमा झैं यसवर्ष पनि नयाँ वर्षको पूर्वसन्ध्यामा धनगढीमा सातौ रात्रीकालीन पेनाल्टी शूटआउट प्रतियोगिता हुने भएको छ ।

स्थानीय एसटीएस टेलिभिजनको आयोजनामा नयाँ वर्षको अवसर पारेर २०६९ सालबाट धनगढीमा रात्रीकालीन पेनाल्टी शुटआउट प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रतियोगिताको यो सातौं संस्करण हो ।

बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि चैत ३० गते रात्रीकालीन पेनाल्टी शुटआउट प्रतियोगिता हुने जानकारी दिए । प्रत्येक टीममा एकजना अतिरिक्त खेलाली र टीम म्यानेजरसहित ७ जनाले मात्रै सहभागिता जनाउन पाउने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा ३२ वर्षभन्दा माथिकाले मात्र सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगितामा पहिलो हुने टीमले १ लाख ५० हजार, दोस्रो हुनेले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उनले प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट स्कोररले मोवाइल पाउनेछन् । सबैभन्दा बढी उमेरका खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै टिकट काटेर प्रतियोगिता अवलोकनका लागि आउने व्यक्तिमध्येबाट गोलाप्रथाबाट एक जनालाई होण्डा कम्पनीको स्कूटर प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

त्यसका लागि दर्शकहरुले ५० रुपैयाँको टिकट काट्नुपर्ने व्यवस्था रहेको आयोजक पेनाल्टी सुट आउट प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले बताए । प्रतियोगिता धनगढीमा रहेको ओम प्यालेसमा चैत्र ३० गते साँझ शुरु भई राति १२ बजे नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै समापन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment