Comments Add Comment

विश्वकपको लागि न्युजिल्यान्डको टिम घोषणा, पहिलो पटक ब्लुन्डल टिममा

२० चैत, काठमाडौं । न्युजिल्यान्डले आईसीसी विश्वकप क्रिकेटको लागि १५ सदस्यीय टीम घोषणा गरेको छ ।

यही मे ३० देखि जुलाई १४ तारिखसम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकपका लागि न्युजिल्यान्डले केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टीमको घोषणा गरेको आईसीसीले उल्लेख गरेको छ ।

विश्वकप क्रिकेटमा न्युजिल्यान्डका लागि सबैभन्दा अनुभवी ब्याट्सम्यान रोस टायलर पनि टीममा परेका छन् । उनको लागि यो चौथो विश्वकप हुनेछ । त्यस्तै, कप्तान विलियम्सन, टिम साउथी र मार्टिन गप्टिलको लागि यो तेस्रो विश्वकप हो ।

न्युजिल्यान्डले विकेटकिपर ब्याट्सम्यान टोम ब्लन्डललाई पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको लागि टीममा पारेको छ । उनले टेष्ट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेले पनि अहिलेसम्म एकदिवसीय क्रिकेटमा भने टीममा पर्न सफल भएका थिएनन् । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा उनी टीममा पर्न सफल भएका हुन् ।

न्युजिल्यान्डले तीन पटक टे«निङ क्याम्प गर्ने भएको छ । न्युजिल्यान्डले पहिलो क्याम्प लिन्कोलनमा अप्रिल १५ र १६, दोस्रो २३–२४ र तेस्रो अप्रिल ३० देखि मे एक तारिखसम्म गर्नेछ ।

त्यसपछि न्युजिल्यान्डले अष्ट्रेलियासँग तीन खेलको एकदिवसीय मैत्रीपूर्ण क्रिकेट खेल्नेछ । तर यो आईसीसीको आधिकारिक खेल भने होइन ।

न्युजिल्यान्ड टीम :

केन विलियम्सन (कप्तान), रोस टायलर, टोम लाथम, टोम ब्लुन्डल, मिचेल सन्टनर, कोलिन डे ग्रान्डहोम, लोकी फर्गुसन, टिम साउथी, ट्रेन्ट बोल्ट, कोलिन मुनरो, इश सोधी, हेनरी निकोलस, मार्टिन गप्टिल, मट हेनरी, जेमी निशाम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment