Comments Add Comment

स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी पाँच कुरामा ध्यान दिनुस्

बजारमा निकै धेरै ब्राण्ड, फिचर, तथा मूल्यका स्मार्टफोन उपलब्ध छन् । यस्तोमा आफ्ना लागि उपयुक्त स्मार्टफोन खरीद गर्नु सजिलो काम होइन । स्मार्टफोन यस्तो होस्, जसमार्फत स्मार्ट फोनबाट लिन सकिने सबै सुविधा प्राप्त गर्न सकियोस् । तर फोन खरीद गर्दा सबैका प्राथमिकता एकै खालका नहुन सक्छन् । कसैले क्यामरामा जोड दिन्छन् त कसैले उच्च क्षमतायुक्त प्रोसेसर भएको गेमिंग स्मार्टफोन । उच्च क्षमतायुक्त ब्याट्री तथा बलियो डिस्प्ले त सबैको रोजाइमै पर्ने कुरा भयो । त्यसैले स्मार्टफोन खरीद गर्दा खासगरी यी ५ मूख्य कुरामा ध्यान दिँदा राम्रो हुन्छः

· बिल्ड क्वालिटीः फोनको भौतिक गुणस्तर कस्तो छ, त्यो थाहा पाउनु आवश्यक हुन्छ । फोनमा धातु वा प्लास्टिकको बडी हुने गर्दछ । केही फोनमा काँचले छोपिएको प्यानल पनि हुन्छ । तर यस्ता प्रिमियम स्मार्टफोनको मूल्य बढी पर्न सक्दछ । यदि तपाइँ यस्तो व्यक्तिमा पर्नुहुन्छ, जसको हातबाट पटक पटक मोबाइल भुइँमा झर्छ भने तपाइँको स्मार्टफोन बलियो हुनु आवश्यक छ । फोनको स्क्रिनमा गोरिल्ला ग्लास प्रोटेक्सन भएमा सबैभन्दा उत्तम हुन्छ ।

· डिस्प्ले : स्मार्टफोनको डिस्प्लेले तपाइँको भिजुअल अनुभवलाई सुखद बनाइदिन्छ । यदि सामान्य मूल्यका बजेट फोन किन्दै हुनुहुन्छ भने पनि बजारमा फुल एचडी डिस्प्लेसहितका कैयन् फोनहरु उपलब्ध छन् । डिस्प्लेको एस्पेक्ट रेसियोको डिभाइसको कार्यक्षमतासँग त प्रत्यक्ष सम्बन्ध हुँदैन तर डिस्प्लेले स्मार्टफोनको लुक्सलाई अवश्य पनि उत्कृष्ट बनाउन सहयोग गर्दछ । बजारमा फूलस्क्रिन डिस्प्लेयुक्त स्मार्टफोन पनि आइसकेका छन् । आफ्नो आवश्यकता र इच्छा अनुरुपको स्क्रिनवाला फोन तपाइँले रोज्न सक्नुहुन्छ ।

· प्रोसेसर : स्मार्टफोनको प्रोसेसरसँग फोनमा रहेका एप्सको प्रोसेसिंग स्पीडसँग प्रत्यक्ष सम्बन्ध हुन्छ । यदि तपाइँ स्मार्टफोनको अत्यधिक प्रयोग गर्नुहुन्छ भने स्मार्टफोनमा कम्तिमा स्नापड्रागन ६५२ वा स्नापड्रागन ८२०/८२१ वा त्यसभन्दा उच्च क्षमतायुक्त प्रोसेसर हुनु आवश्यक हुन्छ ।

· क्यामरा : स्मार्टफोनमा भेजललेस डिस्प्लेसँगै डुअल क्यामरा सेटअप पनि सामान्य जस्तै भैसकेको छ । अहिले त ट्रिपल क्यामरा सेटअप भएका स्मार्टफोन पनि आउन थालिसकेका छन् । स्मार्टफोन खरीद गर्दा रियर क्यामरा तथा सेल्फी क्यामरा दुवैको क्षमता र त्यसको फिचरका बारेमा ध्यान दिनु आवश्यक हुन्छ ।

· ब्याट्री : स्मार्टफोनमा एप र फिचरहरु थप हुँदै जाँदा ब्याट्रीको खपत पनि उच्च हुन्छ । त्यसैले स्मार्टफोन किन्दा कम्तीमा पनि ३००० मिलि एम्पियर आवर क्षमताको ब्याट्री भएको स्मार्टफोन खरीद गर्नुपर्दछ । स्मार्टफोनमा धेरै काम गर्ने र धेरै प्रयोग गर्नेहरुका लागि ३५०० मिलि एम्पियर आवर क्षमताको ब्याट्री हुनु उत्तम हुन्छ ।

स्मार्टफोन खरीद गर्दा उल्लेखित कुराहरुका अतिरिक्त स्मार्टफोनको अपरेटिंग सिस्टम, स्टोरेज तथा र्याम, सेक्योरिटी फिचर्स, अडियो वा स्पीकर फिचर, हेडफोन ज्याक÷युएसबी पोर्टको प्रकार आदिका बारेमा पनि जानकारी लिएर मात्रै खरीद गर्नु राम्रो हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment