Comments Add Comment

सर्वाेच्चमा सिफारिस ५ न्यायाधीशविरुद्व उजुरी आव्हान

२१ चैत, काठमाडौं । संघीय संसद सुनुवाई समितिले सर्वाेच्च अदालतमा नियुक्तिका लागि सिफारिस पाँच न्यायाधीशविरुद्व उजुरी आव्हान गरेको छ ।

बिहीबार सिंहदरवारमा बसेको सुनुवाई समितिको बैठकले न्यायपरिषद्ले सिफारिस गरेका पाँचैजना न्यायाधीशविरुद्व उजुरी आव्हान गर्ने निर्णय गरेको हो । सुनुवाई समितिको निर्णयअनुसार भोलि (शुक्रबार) पाँचैजना न्यायाधीशविरुद्व उजुरी आव्हान सम्बन्धी सूचना प्रकाशित हुनेछ ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र अर्थात आगामी वैशाख २ गते कार्यालय समयभित्र सर्वाेच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका न्यायाधीशहरुविरुद्व कुनै उजुरी भए जो कोही नेपाली नागरिकले समितिको सचिवालयमा दर्ता गर्न सक्नेछन् ।

यही चैत १८ गते बसेको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको थियो ।

सर्वोच्चको न्यायाधीश पदका लागि सिफारिस हुनेमा पूर्वमहान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मलता माथेमा र मनोजकुमार शर्मा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment