Comments Add Comment

मणिप्रसाद भट्टराई स्विट्जरल्याण्डको राजदूत नियुक्त

२१ चैत, काठमाडौं । मणिप्रसाद भट्टराई स्विट्जरल्याण्डको राजदूतमा नियुक्त भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार भट्टराईलाई राजदूतमा नियुक्त गरेकी हुन् ।

भट्टराई जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधिका रुपमा कार्यरत थिए । केही समयअघि भट्टराईलाई नै राजदूतका लागि सरकारले सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment