Comments Add Comment

गोरखा नगरपालिकाको न्यायिक समितिमा घरजग्गा विवादका उजुरी धेरै

२१ चैत, गोरखा । चालु आर्थिक वर्षको ९ महिनामा गोरखा नगरपालिकाको न्यायिक समितिमा २३ उजुरी दर्ता भएका छन् । दर्ता भएका मध्य सबैभन्दा बढी घरजग्गा विवादको उजुरी रहेको समितिकी संयोजक एवं नगरपालिकाकी उपप्रमुख विनाकुमारी श्रेष्ठले बताइन् ।

घरजग्गा विवादको मात्रै ११ उजुरी परेका छन् । लेनदेन सम्बन्धी ८, जग्गा अतिक्रमण सम्बन्धि २, नाला निकास र गाली बेइजती सम्बन्धी १/१ उजुरी परेको श्रेष्ठले जानकारी दिइन् । दर्ता भएका मध्य अधिकांश उजुरीमा मेलमेलाप गरिएको उनको भनाइ छ ।

‘लेनदेन, गाली बेइजती, जग्गा विवादको उजुरीमा मेलमिलाप भइसक्यो,’ उनले भनिन्, ‘केही प्रक्रियामा छन् ।’ मेलमिलाप भएका केही उजुरीहरुमा पक्ष वा विपक्षबाट असन्तुष्टिसमेत व्यक्त हुने गरेको श्रेष्ठको भनाइ छ ।

असन्तुष्टि व्यक्त गरेमा न्यायिक समितिले पुन अनुगमन र निरीक्षण गरेर समस्या समाधानको प्रयास गर्दै आएको उनले बताइन् ।

‘सामान्य विवादको हामी उजुरी दर्ता नगरी मिलाएर पठाउने गरेका छौ, प्रहरीको महिला सेल पनि नजिकै छ, यता आउनु भन्दा पीडितहरु सिधै उतै जानुहुन्छ । त्यही भएर कम उजुरी दर्ता भएको हुनसक्छ,’ उनले भनिन् ।

मेलमिलाप गर्ने केस पनि प्रहरीको जाने गरेको उनी बताउछिन् । घरजग्गा सम्बन्धि विवाद मिलाउन केही समस्या हुने गरेको श्रेष्ठको भनाइ छ ।

न्यायिक समिति अन्तरगत गोरखा नगरपालिकाको १४ वटै वडामा तीन/तीन जना मेलमिलापकर्ताहरु खटिएका छन् । केही दिनअघि उनीहरुलाई तालिमसमेत उपलब्ध गराइएको छ ।

मेलमिलापकर्ताहरुले नसके न्यायिक समिति संयोजकमार्फत उजुरीको सम्बोधन गरिने उनले बताइन् । आˆनो अधिकार क्षेत्र बाहेकका उजुरी आएमा सम्बन्धित ठाउँमा पठाउने गरेको उनको भनाइ छ ।

कोठा अभावमा उपप्रमुखकै कार्यकक्षमा मेलमिलाप गर्नुपर्दा समस्या भएको उनी बताउछिन् । ‘न्यायिक समितिको सचिवालय भनेर छुट्टै कोठा हुनुपर्ने हो तर छैन, इजलास गर्ने ठाउँ पनि नहुँदा समस्या भइरहेको छ,’ उनले भनिन् ।

इजलास बेन्च निर्माणका लागी यस वर्ष एक लाख ४२ हजार रकम बिनियोजन भएको उनले जानकारी दिइन् ।

न्यायिक समितिले निर्णय र मेलमिलाप गर्न पाउने खालका उजुरी दर्ता गर्ने गरेको उनले बताइन् । निपष्क्ष रुपमा काम गरेपनि राजनितिक आक्षेप लाग्ने गरेको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment