Comments Add Comment

हामीले नबुझेको स्मार्ट सिटी

‘स्मार्ट’ शब्द नेपालको धेरै ठाउँमा अन्धाधुन्द हल्कारुपमै प्रयोगमा आइरहेको छ । स्मार्ट शब्दलाई सस्तो बनाइएको छ । राजधानी काठमाडौंमा मात्र होइन, दूरदराजका शहर र गाउँलाई पनि अहिले स्मार्ट बनाउने सपना धेरै जनप्रतिनिधिहरुले देखाइरहेका छन् ।

कतिजनालाई त चिल्लो सडक, अग्ला भवनहरु र ठाउँठाउँमा वाईफाई राखेपछि शहर स्मार्ट भइहाल्छ भन्ने लागेको होला । तर, वास्तविकता त्यस्तो होइन । सरकारले उपलब्ध गराउने सार्वजनिक सेवाहरु इन्टरनेटबाटै स्वचालित र नियन्त्रण गरी इ-गभर्मेन्ट प्रणालीमा लैजान सक्नु स्मार्ट सिटी हो ।

अग्ला भवन, चिल्ला सडक, वाईफाईको सहज पहुँच मात्रले स्मार्ट सिटी तयार हुँदैन । प्राविधिकरुपमै स्मार्ट सिटी बन्नका लागि यो पूर्वाधार मात्र पर्याप्त होइन । कुनै प्रणालीलाई साँच्चै स्मार्ट बनाउन इलेक्ट्रोनिक/इलेक्टि्रकल सेन्सर्सको प्रयोग गरेर डाटा जम्मा गरी इन्टरनेटमा ब्रोडकास्ट गर्नुपर्छ ।

काठमाडौं उपत्यकामा स्मार्ट सिटी निर्माणका लागि भनेर १ लाख ३० हजार रोपनी जग्गा उपत्यका विकास प्राधिकरणले छुट्याएको छ । आईसीटी टेक्नोलोजी अथवा इन्टरनेट अफ थिङ्स (ICT/IoT) को योजना बिना नै स्मार्ट सिटीको परिकल्पना कसरी गरिएको होला ?

स्मार्ट सिटीको कुरा गर्दा बारम्बार भौतिक पूर्वधारको मात्र चर्चा भएको सुनिन्छ, यो भनेको वास्तविक स्मार्ट सिटी होइन र यसरी वास्तविक स्मार्ट सिटी बन्न सक्दैन ।

डाटाबाट सूचनाको उत्पत्ति हुन्छ, त्यस्ता सूचनाहरुको आधारमा स्रोत साधनको चुस्त रुपमा उपयोग गर्न सकिन्छ । डाटाहरुलाई नागरिक, कुनै बस्तु एवं उपकरणहरुबाट जम्मा गर्न सकिन्छ । डाटाहरुलाई अध्ययन तथा विश्लेषण गरेर ट्राफिक/यातायात, पानी बितरण, फोहोर व्यवस्थापन, सूचना संकलन, बिद्यालय, पुस्तकालय, अस्पताल र अरु विभिन्न किसिमका सामुदायिक सेवा अवलोकन एवं व्यवस्थापन कम मानव संशाधनको प्रयोगमा सहजै गर्न सकिन्छ ।

यसरी बन्छ स्मार्ट

सेन्सर्सहरुलाई माइक्रोकन्ट्रोलर (मिनी कम्प्युटर) सँग समन्वय गरी इथरनेट पोर्टबाट ईन्टरनेटसम्म पुर्‍याउनुपर्छ । त्यसका लागि ‘चिप लेभल प्रोग्रामिङ’ गर्नु पर्दछ । सेन्सरहरुको डाटा इन्टरनेटमा पुर्‍याउन हरेक सेन्सरहरुलाई आईपी एड्रेस तोक्नुपर्छ । आईपी एड्रेस भन्नाले ईन्टरनेट जडित कम्प्युटर वा त्यस्तै अन्य उपकरणहरुलाई पहिचान गर्न उपलब्ध गराइने युनिक नम्बर हो ।

वेभमा डाटा पुगेपछि त्यस डाटालाई विश्लेषण एवं अध्ययन गर्ने आवश्यक सफ्टवेयरको विकास गर्नुपर्छ । यस्ता सफ्टवेयलाई नागरिकको पहुँचसम्म पुर्‍याउनुपर्छ, जसले नागरिकलाई सार्वजनिक सेवा लिन सहज होस् ।

(सहप्राध्यापक गौतम इलेक्ट्रोनिक्स र कम्प्युटर इञ्जिनियर हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment