Comments Add Comment

एनआईसी एशिया बैंकद्वारा हावाहुरी पीडितलाई सहयोग

२१ चैत, काठमाडाैं । एनआईसी एशिया बैंकले हावाहुरी पीडितहरुलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ । उक्त अत्यावश्यक राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई बैंक संचालक समितिका सदस्य विनोद कुमार प्याकुरेलले हस्तान्तरण गरे ।

बारा तथा पर्सामा विध्वंसकारी आँधीले अपुरणीय क्षति पुर्‍याएकोमा बैंकले फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका पीडितका राहत सामाग्री हस्तान्तरण गरेको छ । बैंकले ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ ।

सो अवसरमा संचालक प्याकुरेलले उक्त सहयोगले हुरीबतासबाट पीडित गाउँका सर्वसाधारणहरूलाई केही मात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment