Comments Add Comment

घरको पर्खाल भत्किँदा दुई बालिकाको मृत्यु, दुई घाइते

२१ चैत, बुटवल । नवलपरासी (पश्चिम) को सुनवल नगरपालिका वडा नम्बर १० गैंडाखालमा घरको पर्खाल भत्किँदा दुई बालिकाको मृत्यु भएको छ ।

स्थानीय कर्णबहादुर थापाको ईट्टा र माटोले बनेको पुरानो घर भत्काउने क्रममा अकस्मात पर्खाल भत्किँदा स्थानीय ४ वर्षीया नविना अधिकारी र ५ वर्षीया समीक्षा बस्नेतको मृत्यु भएको हो । नवीना रमाकान्त अधिकारी र समीक्षा उमा बस्नेतकी छोरी हुन् ।

पर्खाल भत्किँदा चारजना घाइते भएकामा नविनाको देवदह मेडिकल कलेज भलुहीमा र समीक्षाको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

घाइते बालिकामध्ये सुनवल १० का रमेश खत्रीकी ६ वर्षीया छोरी दीक्षा खत्रीको आम्दा अस्पताल बुटवलमा र ७ वर्षीया समीक्षा भुसालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment