Comments Add Comment

लाजिम्पाटमा मध्यराति आगलागी हुँदा एकको मृत्यु, ४ घाइते

२२ चैत, काठमाडौं । काठमाडौंको लाजिम्पाटमा बिहीबार राति आगलागी हुँदा एक जनाको मृत्य भएको छ भने ४ जना घाइते भएका छन् ।

आगलागीमा परी ओखलढुंगाको पोखरी गाउँपालिका-२ का भेषबहादुर थापाको मृत्यु भएको हो । उनी ग्रुप फोर सेक्यूरिटी कम्पनी अन्तरगत होटल शंकरमा सुरक्षागार्ड थिए ।

नील सरस्वती मार्गमा रहेको धर्म महर्जनको ३ तले घरमा आगलागी हुँदा भाडामा बसेका उनको मृत्यु भएको हो । उनलाई उपचारका लागि अस्पताल लगिए पनि बाटैमा मृत्यु भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बागेटीले बताए ।

उनका अनुसार घटनामा घाइते हुने अन्यमा बर्दियाका विबेक शाही, उनकी श्रीमती गंगामाया शाहीसँगै चन्द्रमाया राई र बिना बस्नेत छन् । राई र बस्नेत उपचारपछि घर फर्किएका छन् भने शाही दम्पत्तिको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

हाल उनीहरुको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । बोगटीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार मध्यराति १२ बजे विद्युत् सर्ट भइ आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाको खबर पाएलगत्तै नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको वारुणयन्त्र आगोलाई नियन्त्रणमा लिन त्यहाँ पुगेको थियो । एक घन्टाभित्रमा आगो नियन्त्रणमा आए पनि त्यसअघि नै ठूलो क्षति भइसकेको थियो ।

घटनामा कति भौतिक क्षति भयो भन्ने यकिन भइसकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment