Comments Add Comment

बालुवाटारमा ‘मरिचिका’ विमोचन

२२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक ‘मरिचिका’ को शुक्रबार विमोचन गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा महासचिव विष्णु पौडेलसमेतको उपस्थितिमा पुस्तक विमोचन गरिएको हो ।

आफैं अप्ठ्यारो स्थितिमा भएका थापाले नेपाली साहित्यमा ठूलो योगदान दिएको भन्दै प्रधानमन्त्री ओलीले लेखकको प्रशंसा गरे ।

‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ, वहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो’, प्रधानमन्त्री ओलीले भने, ‘अरु सशक्त अवस्थामा रहेकाहरुले वहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्न सक्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसहरुलाई खुट्टा तान्ने प्रवृत्ति भए पनि त्यसबाट विचलित नभई आफ्नो लक्ष्यमा अडिग रहनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment