Comments Add Comment

शनिबारदेखि काठमाडौंमा ‘रसियन किचन डे’

२२ चैत, काठमाडौं । शनिबारदेखि काठमाठाडौंमा ‘रसियन किचन डे’ हुने भएको छ । विभिन्न प्रकारका रसियन खानाहरुको स्वाद लिन पाइने रसियन किचन डे भोलिदेखि काठमाडौंको र्‍याडिशन होटलमा शुरु हुने भएको हो ।

शनिबार ( ६ अप्रिल) देखि शुरु हुने किचन डे बिहीबार ( १२ अप्रिल) सम्म चल्नेछ । पहिलो दिन शनिबार विभिन्न १७ वटा खानाका परिकारहरु राखिनेछ ।

दोस्रो दिनदेखि भने ७/८ वटा खानाका परिकारहरु राखिनेछन् । खानाका परिकारहरुमा धेरै जसो सुपको आइटमहरु राखिने आयोजकले जनाएको छ ।

नेपालस्थित रसियन दूतावाससँगको सहकार्यमा आयोजना हुने किचन डेमा रसियन ट्रेडिसनल नृत्यहरुसमेत प्रस्तुत गरिने बताइएको छ । उद्घाटनको पहिलो दिन नेपाली कलाकारहरुले रसियन सांस्कृतिक नृत्यहरु प्रस्तुत गर्नेछन् ।

६ दिनसम्म चल्ने किचन डे मा १ हजार बढीले रसियन खानाको स्वाद लिने आयोजकको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment