Comments Add Comment

अनमोलको अटोग्राफले खुशी हुँदै नाचिन् सुहाना

प्रविशा अधिकारीको स्वरमा समावेश चलचित्र ‘ए मेरो हजुर ३’को ‘चिट डे’ सार्वजनिक गरिएको छ । प्रतिक पौडेलको यो गीतमा शब्द तथा संगीत छ । सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र चैत्रको २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रको यो गीतमा नायिका सुहाना थापालाई फिचरिङ गरिएको छ ।

सुहानाको डान्सलाई दर्शकले रुचाएका छन् । यसअगाडि सार्वजनिक २ गीत र ट्रेलरबाट नै दर्शकको मन जितेकी सुहानाले यो गीतबाट पनि दर्शकलाई निराश बनाएकी छैनन् । राहुल शाहको कोरियोग्राफी उत्कृष्ट छ । गीतको अडियो औषत भएपनि कोरियोग्राफी र सुहानाको प्रस्तुतीले दर्शकलाई निराश बनाएको छैन ।

संजय लामाको छायांकन, दिर्घ खड्काको सम्पादन रहेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्र ‘ए मेरो हजुर ३’ले सुस्त रहेको चलचित्रको बजारलाई उकास्ने अपेक्षा धेरैको छ । सुनिलकुमार थापाले यो चलचित्रलाई निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment