Comments Add Comment

जब पर्स भुलेकी महिलाको बिल प्रधानमन्त्रीले तिरिदिइन्

तपाइँले पसलमा गएर सामान किन्नुभयो अनि पैसा तिर्ने बेलामा चाहीँ देशको प्रधानमन्त्री आफै आएर तिरिदिए भने के होला ? सायद हाम्रो देशमा यस्तो हुनका लागि सूर्य पश्चिमबाटै उदाउनु पर्ला । उता न्यूजिल्याण्डमा चाहीँ हालै यस्तै घटना भएको छ ।

घरमा पैसा राखेको पर्स बिर्सिएकी एकजना महिलाको शपिङको बिल त्यहाँकी प्रधानमन्त्रीले तिरिदिएकी छिन् ।

घटना कुनै फिल्मको कथाभन्दा फरक छैन । हालै न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डन आम जनताजस्तै गरी एउटा सपिङ मलमा शपिङ गर्न पुगेकी थिइन् । जसिन्डा जुन पसलमा सामान किन्न गएकी थिइन् सोही पसलमा अर्की एकजना महिलाले पनि सामान किन्दै थिइन् । ती महिलाले सामान किनिसकेपछि जब पैसा तिर्नका लागि पर्स खोज्न थालिन् तब पो थाहा पाइन् कि उनको पर्स घरमै छुटेको रहेछ ।

ती महिला निकै अत्तालिन थालिन् । तर त्यहीँ रहेकी प्रधानमन्त्री जेसिन्डाले ती महिलाको बिल बमोजिमको रकम आफै तिरिदिइन् ।

शपिङका लागि आएकी ती महिलालाई पसलको लाइनमा आफुभन्दा पछाडि प्रधानमन्त्री रहेको कुरा पत्तो थिएन । जब उनले पर्स भुलेका कारण पैसा तिर्न तिर्न नसकेर आत्तिने अवस्था आयो, तत्कालै प्रधानमन्त्री जेसिन्डा उनको पैसा तिरिदिन तम्सिएपछि मात्र उनी तिनछक परिन् ।

आफ्नो कर्तव्य पालनका कारण जेसिन्डा चर्चामा आएको यो पहिलोपटक होइन । उनी न्यूजिल्याण्डमा निकै लोकपि्रय प्रधानमन्त्री हुन् । उनी राष्ट्रप्रमुख भएको बेलामा बच्चा जन्माउने विश्वकै दोश्रो महिला पनि हुन् ।

प्रधानमन्त्री भएको बेला बच्चा जन्माएर केही समय विदामा बसेकी उनले सुत्केरी ीवदा पछि पुनः कार्यभार सम्हालेकी हुन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment