Comments Add Comment

कांग्रेस बैठक स्थगित

२३ चैत, काठमाडौं । नेपाली कांग्रेस केन्दि्रय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि शनिबार दिउँसो १ बजे बोलाइएको थियो । बैठकका लागि नेताहरु पार्टी कार्यालय सानेपा पुगेका थिए । तर, अन्तिम समयमा आएर बैठक स्थगित भएको सूचना दिइएको छ ।

नेताहरुका अनुसार पार्टी सभापति शेरबहादुर देउवा क्षेत्रीय भेला उद्घाटन गर्न पोखरा पुगेका थिए भने कार्यसम्पादन समितिको भागवण्डामा समेत विवाद देखिएको छ । शुक्रबार नेताहरुबीच भएको छलफलमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलाई आफू बाहेक ८ जनाको नाम दिन प्रस्ताव गरेका थिए ।

यसमा नेता कृष्ण सिटौलाको असन्तुष्टि देखिएको छ भने दुबै समूहले पनि आफ्नो तर्फबाट नाम टुंग्याएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment