Comments Add Comment

सर्फराज र केएल राहुलको अर्धशतक तर, हार्‍यो पञ्जाब

काठमाडौं । सर्फराज खान र केएल राहुलको अर्धशतकका बाबजुद चेन्नई सुपर किङ्ग्सले किङ्ग्स इलाभेन पञ्जाबमाथि २२ रनको जित हात पारेको छ ।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा मात्र ३ विकेट गुमाएर १६० रन बनायो । उसका लागि फाप डुप्लेसिसको ५४ रनको महत्वपूर्ण पारी खेले । कप्तान महेन्द्र सिंह धोनी ३७ रनमा अविजित रहे ।

जवाफमा मैदान उत्रिएको पञ्जाबको सुरुवात राम्रो हुन सकेन । क्रिस गेल मात्र ५ रनमा आउट भए, जतिबेला छिमको स्कोर ७ रन थियो । मयांक अग्रवाल शुन्यमै आउट भए ।

केएल राहुल र सर्फराज खानले तेस्रो विकेटका लागि ११० रनको साझेदारी गरे । राहुल ५५ रनमा आउट भए भने दुई बल बाँकी छँदा आउट भएका खानले ६७को योगदान दिए । तर, पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment