Comments Add Comment

बेन्जिमाको दुई गोलमा इबरमाथि रियलको जित

२४ चैत, काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा इबरलाई पराजित गरेको छ ।

शनिबार आफ्नै घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले इबरलाई २-१ गोलअन्तरले पराजित गर्न सफल भएको हो । रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे । यता, इबरका लागि भने मार्क कार्डोनाले गोल गरेका थिए ।

सुरुवाती अग्रता भने इबरले बनाएको थियो । खेलको ३९औं मिनेटमा नै कार्डोनाले गोल गर्दै इबरलाई अग्रता दिलाएका थिए । उनकै गोलले पहिलो हाफसम्म इबरले रियलमाथि १-० गोलको अग्रता बनाएको थियो ।

५९औं मिनेटमा रियलले गोल फर्काउन सफल भयो । करिम बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याएका थिए । त्यस्तै, ८१औं मिनेटमा उनले दोस्रो गोल गर्दै रियलको जित सुनिश्चित गराए ।

जितपछि रियलले ३१ खेलबाट ६० अंक बनाएको छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा रियल १३ अंकले पछि छ । यता पराजित इबरको भने ३१ खेलबाट ३९ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment