Comments Add Comment

सन्नीसँग आइटम नाच्न मानेनन् सलमान

बलिउड नायक सलमान खान स्टारर चलचित्र ‘दंबग ३’को अहिले धमाधम छायांकन भैरहेको छ । चलचित्रमा एक आइटम नम्बर पनि समावेश गरिने छ । उक्त गीतमा आइटम नाच्नका लागि निर्माण युनिटले सन्नी लियोनीलाई छनोट गरेको थियो । तर, सलमानले सन्नीलाई नकारेका छन् ।

सलमानले सन्नीले भन्दा राम्रो माउनी रोयले गर्ने भन्दै माउनीलाई आफ्नो प्रोजेक्टमा लिन सुझाएका छन् । माउनी रोयले यस अघि चलचित्र ‘केजिएफ’को ‘गली गली’ बोलको गीतमा आइटम प्रस्तुत गरेकी थिइन् ।

निर्देशक प्रभु देवा र निर्माता अरबाज खानले सलमानलाई नसोधी सन्नी लियोनीलाई लिने निर्णय गरेका थिए । तर, सलमानको उक्त सल्लाह पछि उनीहरु सन्नीलाई नलिएर माउनीलाई लिने पक्षमा पुगेका छन् । चलचित्रमा समावेश उक्त स्पेसल नम्बरको छायांकन छिट्टै गरिने निर्माण युनिटले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment