Comments Add Comment

अदालतले छाड्ने आदेश दिएलगत्तै पुन: समातिए जीवन्त

२४ चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका नेता मोहन कार्की (जीवन्त) पुनः पक्राउ परेका छन् । उनी पक्राउ परेपछि परेको बन्दी प्रत्यक्षीकरणको रिटको फैसला गर्दै अदालतले कार्कीलाई छाड्ने आदेश दिएको थियो ।

तर, जिल्ला प्रहरी कार्यालय, संखुवासभामा अर्को मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान गर्नु पर्ने भएकाले उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्तकुमार लामाले अनलाइनखबरलाई बताए ।

लामाका अनुसार उनलाई पक्राउ गरेर बुझाइदिन भन्दै संखुवासभाबाट पत्र प्राप्त भएको थियो । यसअघि उनलाई चैत पहिलो साता राज्यविरुद्धको अपराध कसुर अन्तरगत कारबाहीका लागि पक्राउ गरिएको थियो । संखुवासभामा भने उनीविरुद्ध हातहतियार तथा खरखजना मुद्दा अन्तरगत अनुसन्धान हुनेछ ।

सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ललितपुरबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment