Comments Add Comment

जिमेलमा थपियो ‘स्मार्ट कम्पोज र रिप्लाई’ फिचर, प्रयोगकर्तालाई अझै सजिलो

गुगलले पछिल्ला केही महिनायता जिमेल प्रयोगकर्ताका लागि विभिन्न नयाँ-नयाँ फिचरहरु थप गरिरहेको छ भने नयाँ अपडेटसँगै जिमेलमा नयाँ डिजाइन तथा टुल्ससमेत ल्याइरहेको छ ।

पछिल्लोपटक जिमेलमा नयाँ स्मार्ट फिचर थप भएको छ । उक्त फिचरले जिमेल कम्पोज गर्ने कामलाई अझै सजिलो तथा छिटो बनाउनेछ ।

जिमेलको यो फिचर आर्टिफिसियल इन्टेलिजेन्सयुक्त छ । यसले प्रयोगकर्ताको इमेललाई विश्लेषण गरी उसले टाइप गर्ने सम्भावित वाक्य ‘सजेस्ट’ गर्दछ ।

के हो अटो राइटिङ्ग फिचर ?

इमेल पठाउने तथा प्राप्त गरिएका इमेलको जवाफ दिनका लागि गुगलले जिमेलमा स्मार्ट कम्पोज र स्मार्ट रिप्लाई फिचर थप गरेको छ । यी दुबै फिचर आर्टिफिसियल इन्टेलिजेन्समा आधारित छन् । यो फिचरले जिमेल प्रयोगकर्ताको टाइपिङ ह्याबिट बुझ्दछ र जब प्रयोगकर्ताले कुनै नयाँ इमेल कम्पोज गरी टाइप गर्न थाल्दछन् तब उसको टाइपिङ ह्याबिट अनुसार सम्भावित वाक्य सिफारिस गर्दछ । यतिमात्र होइन, इमेलमा टाइप गरिएको मेसेजका आधारमा इमेलको विषय पनि सिफारिस गर्दछ ।

त्यस्तै स्मार्ट रिप्लाई फिचरले कुनैपनि इमेलको जवाफ फर्काउने बेलामा उक्त इमेलको विषयवस्तुको आधारमा त्यसको जवाफ पनि सिफारिस गर्दछ । यसलाई पि्र जेनेरेटेड रेसपोन्स पनि भनिन्छ ।

कसरी प्रयोग गर्ने यो फिचर ?

डेस्कटपमा स्मार्ट कम्पोज प्रयोग गर्नका लागि सुरुमा जिमेलमा लगइन गर्नुपर्दछ । त्यसपछि जिमेलको माथि दायाँतर्फको कर्नरमा दिइएको गियरमा क्लिक गर्नुपर्दछ । त्यहाँ क्लिक गर्दा सेटिंग्सको अप्सन आउँदछ यसमा गएर स्मार्ट कम्पोज राइटिंग सजेसन तथा स्मार्ट रिप्लाई फिचरको अगाडि दिइएको ‘अन’ अप्सन छनोट गर्नुहोस् ।

त्यस्तै तपाइँले स्मार्ट कम्पोज पर्सनलाइजेसन सेटिंग पनि अन गर्न सक्नुहुन्छ । यसो गर्दा जिमेलले तपाईंको लेखाई अनुसार आगामी लेख्यलाई पर्सनलाइज्ड गर्नेछ।

एन्ड्रोइड र आइओएसमा कसरी प्रयोग गर्ने ?

यदि तपाइँ मोबाइल फोनमा जिमेलको प्रयोग गर्नुहुन्छ भने जिमेल एपको बायाँतर्फको साइड ड्रर ओपन गर्नुहोस् । त्यसको सबैभन्दा माथि रहेको सेटिंग्स अप्सनमा जानुहोस् । त्यसपछि स्मार्ट कम्पोज र स्मार्ट रिप्लाइको विकल्प देखिनेछ । ती दुबै विकल्पलाई अन गर्नुहोस् ।

स्मरण रहोस् जिमेलको यो फिचर तत्कालका लागि केवल एन्ड्रोइड डिभाइसमा मात्र उपलब्ध रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment