Comments Add Comment

साहरुखका छोरा अब सह–निर्देशक

पछिल्लो समय बलिउडमा स्टारकिडको प्रवेश बढिरहेको छ । जान्वी कपुर, साराअली खान यसका उदाहरणहरु हुन् । यस्तैमा सुपरस्टार साहरुख खानका छोरा आर्यन खान पनि बलिउड प्रवेशको तयारी गरिरहेका छन् । तर, आर्यन चलचित्रमा कलाकार नभएर सहायक निर्देशक भएर काम गर्नेछन् ।

करण जोहरको नयाँ चलचित्र ‘तख्त’मा उनी सहायक निर्देशक बन्ने पक्का भएको हो । उनले मल्टिस्टारर यो चलचित्रका कलाकारहरुलाई सहायक निर्देशक भएर निर्देशन गर्नेछन् । साहरुख खानले पनि केही समय पहिले अन्र्तवार्ता दिने क्रममा आफ्नो छोरा हिरो नभएर लेखक वा निर्देशक बन्ने बताएका थिए । उक्त कुरालाई सत्य साबित गर्दै उनी निर्देशकिय बाटो रोजेका छन् ।

मल्टिस्टारर ‘तख्त’मा रणवीर सिंह, करीना कपुर खान, आलिया भट्ट, अनिल कपुर, विक्की कौशल, भूमि पेडेकर र जान्वी कपुरको मुख्य भूमिका रहने छ । निर्माण युनिटले चलचित्रलाई सन् २०२० मा रिलिज गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment