Comments Add Comment

किन चल्न सकेनन् राशिद ?

Photo Credit : आईपीएल

२५ चैत, काठमाडौं । पाँच खेल, चार विकेट । यो सनराइजर्स हैदावादका स्पिनर राशिद खानले जारी आईपीएलमा लिएको विकेट हो । विश्व टी-२० क्रिकेट बलिङ बरियताको नम्बर एक खेलाडी राशिद जारी आईपीएलमा भने सफल हुन सकिरहेका छैनन् ।

आफ्नो टिमको पाँच खेल सकिदासम्म राशिदले चार विकेट मात्रै लिन सफल भएका छन् । राशिद भन्ने वितिकै विश्वका विष्फोटक ब्याट्सम्यानहरु पनि डराउने गर्छन् । तर, यो संस्कणमा भने उनी किन चल्न सकेनन् ?

आफ्नो टिमको पहिलो खेलमा राशिदले ४ ओभर बलिङ गर्दै २६ रन खर्चिएर एक विकेट लिएका थिए । राजस्थानविरुद्धको दोस्रो खेलमा पनि ४ ओभर बलिङ गर्दै २४ रन खर्चिएर एक विकेट लिएका राशिद तेस्रो खेलमा भने विकेटविहीन बने । रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको खेलमा राशिदले ४ ओभर बलिङ गर्दै २५ रन खर्चिए ।

चौथो खेलमा दिल्लीविरुद्ध विकेट लिएका राशिदले मुम्बई इन्डियन्सविरुद्ध पनि एक विकेट लिए । अन्य प्रतियोगिता र खेलहरुमा अफगानिस्तानका विकेट किङभनेर चिनिने राशिद आईपीएलमा भने छायाँमा परेका छन् ।

५ खेलको समाप्तीसम्म राशिदको बलिङ इकोनोमी ६.०० रहेको छ ।

यता, आफ्नै टिमबाट खेल्दै गरेका आफ्नै देशका मोहम्मद नावी भने बलिङतर्फ खुबै जमेका छन् । तीन खेलमा मात्र बलिङ गरेका नावी ७ विकेट लिइ सकेका छन् । राशिदको तुलनामा यो विकेट निकै माथि छ ।

गत सिजन मात्रै राशिद आईपीएलको सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका थिए । उनले त्यसबेला १७ खेलबाट २१ विकेट लिएका थिए ।
२० वर्षीय राशिदको यो वास्तविक प्रदर्शन भने होइन ।

आफ्नो टिमका लागि छैटौ खेल राशिदले आज किंग्स इलाभेन पञ्जाबविरुद्ध खेल्दैछ । पछिल्लो पाँच खेलमा खासै जम्न नसकेका राशिद पञ्जाबविरुद्धको खेलमा भने आफ्नो लयलाई पूरानै शैलीमा ल्याउने लक्ष्यमा हुनेछ ।

सनराइजर्स हैदरावाद र पञ्जाबबीचको खेल आज राति ८ बजेर १५ मिनेटमा मोहलीमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment