Comments Add Comment

स्टम्पमा लाग्यो तर नटआउट !

Photo Credit : आईपीएल

२५ चैत, काठमाडौं । जब तिब्र गतिका बलरले बलिङ गरेको बल स्टम्पमा लाग्छ । क्रिकेटप्रेमी जोसुकैले पनि सजिलै अनुमान गर्न सक्छ, ब्याट्सम्यान आउट हुन्छ । तर जारी आईपीएलमा एउटा अनौठो घटना भएको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार राति कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेलमा यस्तै भयो । कोलकाताले राजस्थानविरुद्ध १४० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको थियो । चौथो ओभर बलिङ गर्न आए, तिब्रगतिका बलर धवाल कुलकर्नी । कोलकत्ताले ३.१ ओभरमा विना विकेट ३७ रन बनाएको थियो भने क्रिजमा थिए क्रिस लिन र सुनिल नारिने ।

तेस्रो ओभरको दोस्रो बल बलिङ गर्न अगाडि बढ्छन् कुलकर्नी । क्रिजमा हुन्छन् ब्याट्सम्यान क्रिस लिन । कुलकर्नीले फ्याँकेको बलले लेग स्टम्पमा लाग्छ । रातो बत्ती पनि बल्छ । तर बेल झरेन, क्रिस लिन आउट पनि भएनन् ।

बलर कुलकर्नीले खुशियाली मनाइरहेका हुन्छन् । अन्य खेलाडी पनि विकेट पतन भयो भनेर ढुक्क जस्तै देखिन्छन्, तर केही सेकेन्डको खुशी त्यही सेलाउछ । कप्तान अजिन्क्या रहानेले एम्पायरसँग पनि कुरा गर्छन् । तर आउट नभएको बताएपछि खेलाडी आश्चार्यमा पर्छन् भने क्रिस लिन र सुनिल नारिने पनि मुस्कुराउँछन् ।

यो बेला क्रिसले १३ रन बनाएर खेलिरहेका थिए । यदि क्रिस आउट भएको भए कोलकत्ताको नतिजा अर्को पनि हुन सक्यो । तर उनले उत्कृष्ट प्रदर्शन गर्दै ३२ बलमा ५० रन पूरा गरेपछि कोलकाता विजयी भयो । ।

उक्त घटनाको भिडियो हेर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment