Comments Add Comment

कान समाएर उठबस : सजाय होइन दिमागको कसरत !

स्कुले जीवनमा सजायस्वरुप कान समाएर उठबस गर्नुपरेको अनुभव हामी धेरैको छ होला । स्कुलमा विद्यार्थीलाई दिइने सजायमध्ये यो सबैभन्दा सहज र कम पीडादायक पनि हो । यसले विद्यार्थीलाई शारीरिक रुपमा धेरै पीडा नदिएपनि मानसिक रुपमा लज्जित बनाउने र गल्ती नगर्न अभिप्रेरित गर्ने विश्वास शिक्षकहरुको हुन्छ । तर, कान समाएर उठबस गराउने त्यो विधि केवल सजाय मात्र होइन रहेछ । त्यो त दिमागी स्वास्थ्यका लागि फाइदाजनक हुने रहेछ ।

केही समयअघि गरिएको एक अध्ययन अनुसार कान समाएर उटबस गर्नाले सरीरमा विभिन्न खालका फाइदा पुग्दछन् । यो सजाय नभै योगाजस्तै हो । प्राचीन समयमा गुरुकुलमा सबै विद्यार्थीलाई यस्तै योगाभ्यास गराइन्थ्यो ।

उठबस गर्दा कानको तल्लो भागमा समाउँदछौँ । उक्त भागमा विशेष एक्यूप्रेसर प्वाइन्ट हुन्छ । त्यसैले त्यस ठाउँमा समाउँदा उक्त विन्दुमा दबाब पर्दछ । यसले मस्तिष्कका केही विशेष तन्त्रिकामा सक्रियता बढाउँदछ । यसले मस्तिष्कको कसरत हुन्छ । यसबाट मस्तिष्कको कार्यदक्षता बढ्दछ ।

कान समाएर उठबस गर्दा मेमोरी कोषिकामा रक्तप्रवाह तीव्र हुन्छ । मस्तिष्कको बायाँ र दायाँ हिस्साको कार्यप्रणालीमा सामाञ्जस्यता स्थापित हुन्छ । यस कारणले मन शान्त हुन्छ, एकाग्रतामा वृद्धि हुन्छ र स्मरण शक्तिमा बढोत्तरी हुन्छ ।

हामीकहाँ शिक्षकले विद्यार्थीलाई दिने यो सजायलाई विदेशतिर सुपर ब्रेन योगा पनि भनिन्छ । मानिसहरु मस्तिष्कलाई शान्त राख्नका लागि यो योगा गर्दछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment