Comments Add Comment

भाजपाको घोषणापत्र : संविधानको दायरामा राम मन्दिर बनाउने विकल्प खोज्ने बाचा

२५ चैत, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले लोकसभा चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

संकल्प पत्र नाम दिइएको घोषणा पत्रमा भाजपाले बाचा गरको छ कि राष्ट्रवाद उसको सरकारको प्राथमिकतामा हुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘राष्ट्रवाद हाम्रो प्रेरणा हो, अनत्योदय हाम्रो दर्शन हो र सुशासन हाम्रो मन्त्र हो ।’

गृहमन्त्री राजनाथ सिंहले देशको राष्ट्रिय सुरक्षाको मामिलामा कुनै सम्झौता नगर्ने बताए । उनले राम मन्दिरको मुद्दामा कुरा गरे र भने, ‘संविधानको दायरामा रहेर अयोध्यामा राम मन्दिर निर्माणका लागि हरेक सम्भावना खोजी गरिनेछ र सही प्रयास गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment