Comments Add Comment

लोडसेडिङ गराउनेहरु फेरि सल्बलाए : कुलमान घिसिङ

२५ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर र लाइन लिएका कसैलाई महशुल तिर्नबाट उन्मुक्ति तथा मिनाहा नदिने स्पष्ट गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले यस्ता सुविधा लिएका ग्राहकले उठेको बिल अनुरुपको महशुल तिर्नैपर्ने बताए ।

प्राधिरकणले महशुल उठाउन पाउनुपर्ने माग गर्दै अदालतमा मुद्दा दायर गरेको भन्दै अनर्गल प्रचार गरेर जनतालाई भ्रमित गर्ने काम भइरहेको बताए । सोमबार रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गरेका घिसिङले जो कसैलाई कानूनले तोकेको सीमा बाहिर गएर छुट दिन नसक्ने प्रष्ट परेका छन् ।

घिसिङले विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको दाबी पनि गरे । प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भएको भन्दै उनले असन्तुष्टि जनाए ।

गैरकानूनी रुपमा ६० लाख भन्दा बढी भत्ता बुझेको भन्दै केही सञ्चारमाध्यमा समाचार आएको थियो ।

घिसिङले गला अवरुद्ध पार्दै भने, ‘मैले ६० लाख भत्ता बुझेको छैन, राम्रो गरेको भनेर सरकारले मूल्यांकन गरेर महिनाको २ लाख प्रोत्साहन रकम दिएको हो ।’

ऊर्जा मन्त्रालयको सहसचिवको नेतृत्वमा बन्ने समितिले यस्तो मूल्यांकन गर्ने भन्दै आफूले गर्न वर्ष ८९ प्रतिशत नम्बर पाएको जानकारी दिए । मूल्यांकनमा ८० प्रतिशत बढी गरी महिनाको २ लाख प्रोत्साहन भत्ता सरकारले दिने गर्छ ।

वाषिर्क कार्यसम्पादन मुल्याकंन गर्दा उत्कृष्ट काम गरेको पाइए प्राधिकरणको कार्यकारी प्रमुखलाई सरकारले २४ लाख रुपैयाँसम्म अतिरिक्त भत्ता दिने व्यवस्था रहेको उनले प्रष्टाए ।

उनले भने, ‘सरकारले प्रोत्साहन स्वरुप २४ लाख दिएको हो, त्यो बाहेक मैले करबाहेक ६ लाख भत्ता बुझेको रहेछु । गलत कुरा प्रचार गरी व्यक्तिगत आक्षेप लगाइएको छ, म स्पष्ट पार्न चाहन्छु, प्राधिकरणले पारदर्शितालाई पहिलो मन्त्र मानेर काम गर्छ ।’

आफ्नोविरुद्ध खेल गर्नेहरुसँग प्राधिकरणभित्रका केही कर्मचारीको पनि मिलोमतो रहेको उनको दाबी छ । अब तलबलाई पनि भत्ता भन्दिने अवस्था अँएको भन्दै उनले दुःख व्यक्त गरे ।

प्राधिकरणको बोर्ड बैठकमा छलफलमा भएका कुरा बंग्याएर बाहिर ल्याउने गतिबिधि बढेको उनको भनाइ छ । ‘छलफलमै रहेका कतिपय कुरा पनि बंग्याएर दुष्प्रचार गर्ने क्रम बढेको छ, विगतका एमडी र लोडसेडिङ गराउनेहरुले उनीहरुलाई कसरी परिचालित गर्दैछन् भन्ने म बुझ्दैछु’, उनले भने ।
विगतमा प्राधिकरणको कार्यकारी निर्देशकसँग मिलेर लोडसेडिङ गराउनेहरु सक्रिय भएको उनले बताए । ‘हिजोको जस्तै प्राधिकरणमा खेलो गर्न खोज्नेहरु सक्रिय छन्, हामीसँग हिजो कसरी लोडसेडिङ गराए भन्ने प्रमाण पनि छ’, उनले भने ।

‘सरकार र जनताको महत्वपूर्ण सहयोगमा विद्युत प्राधिरकणले लोड सेडि हटायो, ९ अर्बको घाटाबाट नाफामा ल्यायौं,’ उनले भने,’प्राधिकरण घाटाको अवस्थाबाट नाफामा ल्यायौं, हिजो अध्याँरोमा रमाउने र लोडसेडिङ गर्ने फेरि सल्बलाएका छन् । विद्यत प्राधिरणको टिम कमजोर गर्न मिडियाबाजी गर्नेसम्मको हरकतमा लागेका छन् ।’


घिसिङले प्राधिकरण्को संरचना कमजोर बनाउन केही मान्छे लागेको भन्दै प्राधिकरणले नेतृत्वको खुट्टा नकमाउने बताए ।

विभिन बाहाना झिकेर अगर्नल प्रचार गर्ने अधिकार कसैसँग नभएको भन्दै उनले अभाव सिर्जना गरेर खेल्नेहरु फेरि छटपटाएर भ्रामक हल्लाहरु फिजाइरहेको उनको दावी छ ।

उनले प्राधिकरण भित्र अनियमिताता भए सम्बन्धित निकायले छानविन गर्ने भन्दै व्यक्तिगत आक्षेप लगाएर हिजोका लोडसेडिङकर्ताकै निर्देशनमा प्राधिरकणभित्रैकै मान्छेले मिडियाबाजी गराएको आरोप घिसिङले लगाए ।

प्राधकरिणभित्र फागुन १८ मा आधिकारिक ट्रेड युनियनको चुनाव गरौं भन्दा विभिन्न बाहनामा सारिएको भन्दै उनले असन्तुष्टी पनि जनाए । ‘फागुन १८ पछि आधारिक ट्रेड युनियन प्राधिरकणभित्र छैन, अब जो चुनावबाट आउँछन्, उही हुन्छ अधिकारिक’ घिसिङले भने ।

अहिले प्राधिरणकै केही कर्मचारी साढेजस्तो बोल्दै हिँड्न थालेको आरेप लगाउँदै घिसिङले भने,’यो अराजकताको पराकाष्ठ हो । प्राधिकरण नाफामा गएका कारण छटपटाहटका अभिब्यक्ति दिएर हिँड्दै छन् । कारवाही हुन्छ, मैले स्पष्टीकरण सोधेको छु ।’ त्यस्ता कर्मचारीहरु ठूला भन्नेहरुको नजिक भएको समेत उनले बताए ।

‘प्राधिकरण राम्रो गर्दा नपचेको भन्दै विगताको कार्यकारी निर्देशक जस्तो आफूलाई कमजोर नसोच्न चुनौति दिए । ‘यो कार्यकारी निर्देशकले चेन अफ कमान्ड मेन्टेन गर्छ । राम्रो काम गर्दा कोही बाधक भए हटाइन्छ,’ उनले भने,’विगतमा लोडसेडि गर्ने र छेलेखेलो गर्नेहरुको प्राधिरकण कमजोर बनाउने अभियान सफल हुन दिँदैनौं ।’

उनले विगतमा हिजो लोडसेडिङ गर्न काहँ कहाँ कसले गरे भन्न्ने प्रमाण रहेको भन्दै त्यस्ता मान्छेको निर्देशनमा भरमा ‘डिस्टर्ब’ नगर्न चेतावनी दिए ।

‘हामीविरुद्ध अनर्गल प्रचार गर्न लोडसेडिङ गर्ने दलालहरु लागेका छन् । हिजो उनीहले के गरेको सबैले बुझेका छन्,’ उनले भने,’यहाँ अब दादागिरी चल्दैन, समय आए हिजो लोडसेडिङ गरेर छेलोखेलो गर्नेहको नाम र हर्कत सार्वजनिक गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment